मेक्सिकोकी मेजाले जितिन् मिस युनिभर्स २०२० को ताज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मेक्सिकोकी मेजाले जितिन् मिस युनिभर्स २०२० को ताज

काठमाडौं । मिस यनिभर्स २०२० को उपाथि मेक्सिकोकी एन्ड्रिया मेजाले जित्न सफल भएकी छन् ।

नेपाली समयमा अनुसार आज बिहान फ्लोरिडामा भएको प्रतियोगितामा मिस मेक्सिको मेजा ६९ औं मिस युनिभर्सको ताज जित्न सफल भएकी हुन् ।

२६ वर्षीय मेजाले फाइनलमा मिस ब्राजिल र मिस पेरुलाई हराउँदै ताज पहिरेकी हुन् । प्रतियोगितामा ब्राजिलकी जुलिया गामा फस्र्ट रनरअप र पेरुकी ज्यानिक मसेता सेकेण्ड रनरअप भएका थिए । त्यसैगरी भारतकी एड्लाइन क्याटेलिनो तेस्रो र डोमिनिसियन रिपब्लिकका किम्बेर्ली पेरेज चौथो रनरअप भएकी थिइन् ।

प्रतियोगीहरुलाई फाइनलमा ‘यदि तिमी आफ्नो देशको नेता भएको भए कोरोना महामारीलाई कसरी नियन्त्रण तथा व्यवस्थापन गर्छाै ?’ भन्ने प्रश्न सोधिएको थियो ।

उनले जवाफ दिइन् – ‘मलाई लाग्छ कोभिड–१९ जस्तो महामारी नियन्त्रण गर्ने कुनै पनि उत्तम उपाय छैन । यद्यपी मलाई लाग्छ लकडाउन नै यस्को उपयुक्त उपाय हो किनभने हामीले धेरै जीवनहरु गुमाईसकेका छौं र हामीले त्यसको मूल्य चुकाउन सक्दैनौं, हामीले हाम्रा नागरिकहरुको हेरचाह गर्नुपर्छ । त्यसैले मैले कोरोनाको सुरवाती चरणदेखि नै हेरचाहमा लागेको हुन्थेँ ।’

उनले सुन्दरताका माफदण्डका बारेमा सोधिएको उनको अन्तिम जवाफमा भनेकी थिइन् –‘ “हामी यस्तो समाजमा बाँचिरहेका छौं जुन अझ बढी उन्नत छ । जसरी हामी समाजको रूपमा विकसित भएका छौँ हामी रूढीवादीसँग पनि उन्नत भएका छौं ।

आजकल सौन्दर्य नै हामीले हेर्ने एक मात्र तरिका भएको छ । कसैलाई तपाईलाई अनमोल नभएको बताउन कहिल्यै अनुमति नदिनुहोस्। “

मेजाले विश्वभरका ७० भन्दा धेरै सुन्दरीहरुलाई पछाडी पार्दै ताज हात पारेकी हुन् ।

नेपालबाट मिस नेपाल युनिभर्स अन्सिका शर्माले पनि भाग लिएकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);