कांग्रेस बैठक सकियो, यस्ता छन् निर्णयहरु | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

कांग्रेस बैठक सकियो, यस्ता छन् निर्णयहरु

rahat congress

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक सम्पन्न भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा बर्तमान सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने कार्यलाई तीब्रताकासाथ अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकमा वर्तमान सरकारलाई हटाउने अन्तिम चरणका छलफहरु भएको र केहि दिनभित्र नै यसको प्रारुप बाहिर आउने समेत बताइएको छ ।

त्यस्तै पदाधिकारी बैठकले भोलिका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित गरेको छ । सोमबार केन्द्रीय सदस्यहरुको कोभिड परीक्षण गर्ने र मंगलबार बैठक बस्ने निर्णय भएको बताइएको छ ।

बैठकमा अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेहरुको उचित व्यवस्थापन गर्ने, विदेशमा रहेका पार्टीको महाधिवेशनका मतदातालाई अब समावेश नगर्नेसमेत निर्णय भएको बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);