कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

कांग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बस्दै

congress

काठमाडौं, १७ कार्तिक । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने भएको हो ।

बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

बैठकमा गत असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस् भनी सभापति देउवालाई बुझाएको पत्रका बारेमा समेत छलफल हुने बताइएको छ ।

साथै बैठकमा दशैंपछि सरकारविरुद्द गर्ने भनिएको सडक प्रदर्शन, संसदको विशेष अधिवेशन मागलगायतका विषयमा समेत छलफल हुने बताइएको छ ।

Leave a Reply

ताजा समाचार

Test Post Created

६ घन्टा अघि

Test Post Created

६ घन्टा अघि

Test Post Created

७ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

१२ घन्टा अघि