कांग्रेसको पदाधिकारी बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

nepali congress

काठमाडौं, १४ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने वैठकमा महाधिवेशन कार्यतालिका परिवर्तन, लकडाउनमा पार्टीका आन्तरीक व्यवस्थापन समसामयीक राजनीतिक विषयबस्तु विषयमा छलफल हुने कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिनुभयो ।

कांग्रेसले २०७७ साल फागुन ७ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो । तर, कोरोना संकटका कारण महाधिवशनको तयारीका कामहरु हुन सकेको छैन ।

महाधिवेशनका लागि गत चैतबाटै क्रियाशिल सदस्यता वितरण र नविकरण गर्नुपर्ने काम रोकिएपछि आज बस्ने पदाधिकारी बैठकले महाधिवेशनको मिति पर सार्ने विषयमा समेत छलफल गर्ने बताइएको छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);