कांग्रेसको पदाधिकारी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८१, शनिबार

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं, २० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद हल गर्नका जारी पदाधिकारी बैठक आजपनि बस्ने भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको १६ बुँदे विरोध पत्रका विषयमा छलफल गर्न जारी बैठक आजपनि बस्न लागेको हो । आजको बैठकले शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डामा विषयमा पनि छलफल गर्ने बताइएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति देउवाले एकलौटी ढंगले विभाग विस्तार गरेको, विधान मिचेको, महाधिवेशन टार्न खोजेको लगायतको आरोप देउवालाई लगाएको छ । देउवाले विभाग गठन फिर्ता नहुने र अरु विषयमा छलफल गर्न आफू तयार रहेको यस अघिको बैठकमा जवाफ दिइसकेकोले सहमति हुने सम्भावना भने कम रहेको बताइएको छ ।

पौडेल पक्षले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेतालाई देउवाको आदेशमा क्रियाशील सदस्यता वितरण गरेको भन्दै त्यसलाई तत्काल सच्याउनुपर्ने माग राखेको छ । यसअघि कात्तिक १७ गते पनि देउवाले वर्तमान र पूर्व पदाधिकारी तथा शीर्ष नेताको बैठकमा यसै विषयमा छलफल गर्न बैठक बोलाउनुभएको थियो । उक्त बैठकमा १८ गतेको लागि सरे पनि कांग्रेसका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनपछि स्थगित बैठक आज बस्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);