राजनीतिमा इतिहासभन्दा वर्तमान प्रवल हुन्छ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राजनीतिमा इतिहासभन्दा वर्तमान प्रवल हुन्छ (भिडियोसहित)

राजनीतिमा लाग्नेहरुले धैर्यता गुमाएपछि देखिने परिणाम कस्तो हुन्छ भन्ने दृष्टान्त नेपालको राजनीति बन्न पुगेको छ । भोलिको धैर्यता कसैमा छैन । जेहोस आज नै होस, अरुलाई होस नहोस मलाई चाहीं होस, नाम जनताको काम आफ्नो जस्ता प्रवृत्तिहरुले गर्दा राजनीति भित्र व्यापक रुपमा अराजनीतिक चरित्रको प्रवेश भएको छ । यसको प्रमुख कारण पदमा बस्नेहरुले प्राप्त गर्ने आलिसान सुविधा र शक्तिको भरमा हुने साधन र श्रोत माथिको व्यापक पहुँच नै प्रमुख हो भन्न सकिन्छ ।

व्यापक रुपमा भ्रष्टाचार बढ्नु, भ्रष्टाचारको सही छानबीन हुन नसक्नु, शक्तिमा भएको बेलामा सम्पत्ति जति लुकाए पनि त्यसको हिसाब राखि दिने निकाय नहुनु, जस्ता कारणले पनि व्यक्तिगत लालचा र उत्कण्ठा व्यापक रुपमा बढ्दै गएसँगै धैर्यताको अभाव पनि बढ्दै गएको तथ्य आजको वास्तविकता हो । आज सत्तामा जानेहरु वा जान चाहनेहरुको गन्तव्य जनता र जनताको जनजीविका बनेको छैन ।

बिडम्बना त के छ भने महत्वपूर्ण व्यक्तिहरुको मुखबाट समेत जनता भन्ने शव्द लगभग सुन्न पनि नपाउने अवस्था बन्दै गएको छ । केही वर्ष अघिसम्म पनि कुनै पदमा जान मन लाग्नेले आफ्नो प्रस्ताव आफैं राख्ने चलन थिएन, अर्काे समकक्षीले प्रस्ताव गरिदिनु पथ्र्याे, शाव्दिक रुपमा भए पनि एकले अर्काेलाई प्रस्ताव गरिदिने एउटा राजनीतिक संस्कार देश भित्र थियो, तर अब त्यो छैन । सम्पूर्ण रुपमा आफूलाई मात्र सर्वेसर्वा देख्ने, अर्काको अस्तित्व स्वीकारै नगर्ने, पद र पैसाभन्दा अरु केही खोज्दै नखोज्ने, गणतन्त्रपछिको राजनीतिक अभ्यास यही नै हो भनेर बुझ्नु पर्ने एउटा बिडम्बनाले नै नेपालको राजनीतिलाई गन्तव्यहीन, निरास र अत्यन्त कलुशित बनाउँदै लगेको छ ।

राजनीतिमा भविष्य नदेख्ने ठूला जमात राजनीति भित्रै सक्रिय छ । यो जमातलाई जति दिन टिकिन्छ, केही न केही आफ्नो लागि गरौं भन्ने मात्र एकल उद्देश्य अनुरुप आपूmलाई परिचालन गर्दा देशलाई विकृति र विसंगतिसंगै भ्रष्टाचारले थला नै बसालिसक्यो । त्यसो त जनताको लागि भनेर गरिएको राजनीतिका पात्रहरुलाई जनताले पटक्कै रुचाउन छाडेका छन् । सांसद भन्ने बित्तिक्कै मुख खुम्च्याउने जमात व्यापक छ । नेताहरुलाई हेर्ने दृष्टिकोण जनताको अति नै नकारात्मक बनेको छ ।

यही अवस्था रहे राजनीतिमा इज्जत भएका मान्छेहरुको प्रवेश विस्तारै कम हुँदै जाने र अवसरवादी राजनीतिक झुण्डहरुको बोलवाला बढ्दै जाने स्थिति आउने दिनहरुमा देख्नुपर्ने वास्तविकतालाई कसैले नकार्न सक्ने अवस्था छैन । यस प्रकार निष्ठा र आदर्श विनाको झुण्डले राजनीति अझ विकृतितर्फ पलायन हुँदै जाने निश्चित नै छ । त्यसमाथि पनि त्यस्ता झुण्डले नेतृत्व गरेको देशको अवस्था कस्तो होला भन्ने आंकलन गर्नु अर्काे भयावह दृष्टान्त हुनसक्छ ।

आज नेकपामा देखिएको राजनीति यस्तै यस्तै दृष्टिकोणबाट परिभाषित गर्नु अन्यायपूर्ण नहोला । दुई अध्यक्ष बीचको पदीय बाँडफाँड अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले यस अवधिको बाँकी सत्ता सम्हाल्ने, अनि पार्टीको नेतृत्व अर्का कार्यकारी अध्यक्ष प्रचण्डले गर्ने भनिएको थियो । तर अर्का अध्यक्षलाई पार्टी संचालनप्रति रुची देखिएन । किनभने त्यसमा तत्कालिन लाभको अवस्था सायद थिएन ।

देश भित्रको यत्रो ठूलो पार्टीको पिता बन्न छाडेर चार जना मन्त्रीको नाम लिएर निरन्तर बालुवाटारको ढोका घचघच्याउन उचित लाग्यो, तर देशभरिको पार्टी बागडोर तुच्छ लाग्न पुग्यो । तत्कालिन नेकपा माओवादीमा मोहन वैद्य जस्ता नेता पनि थिए, जसले पार्टी संगठनलाई सर्वाेपरी ठान्दै सत्तातर्फबाट प्राप्त भएको अवसरलाई तुच्छ सम्झिंन पुगेका थिए । उस्तै उस्तै प्रशिक्षणबाट प्रशिक्षित नेकपा अध्यक्ष प्रचण्डलाई यस्ता आदर्शले छुन सक्ने अवस्था छैन ।

किनभने पटक पटक प्राप्त गरेको सत्ताले पुरानो कुरा बिर्साइदिएको छ । नयाँ गन्तव्य लाभ र हानीमा रुमलिएको छ । देशले थुप्रै बलिदानीहरु सहँदै त्यो स्तरमा पु¥याएको नेताहरुले नै राजनीतिलाई लाभको पद भनी परिभाषित गरेपछि अनि आफू कमलको फूल भित्रको भमरा जस्तो बनेपछि परिणामको आशा राख्ने ठाउँ कहा नै रहन्छ र ? याद गरौं, कमलको फूल भित्रको भमराको भविष्य हात्ती सन्मुख नभएसम्मको लागि आत्र हो ।

कमलको फूलको सुगन्ध लिंदैलिंदै हात्तीको पेटमा पुगेको भमराको गति कस्तो होला ? त्यो सम्बन्धित पक्षले समयमै बोध गर्न सक्यो भने उनीहरुकै लागि पनि कल्याणकारी हुनसक्छ । अन्यथा यस्ता राजनीतिक पात्रहरुको ठाउँमा देशले अरु पात्रहरु जन्माउने छ । समय अनुसार चल्न नसक्ने पात्रहरु देश र जनताले सदा सदाको लागि बिदा गर्नेछन् । देशले दिएको अवसरलाई कसैले पनि अपुताली या पैत्रिक सम्पत्ति सम्झने भूल गर्नु हुँदैन । इतिहास सम्झेर मात्र राजनीति अघि बढ्दैन । राजनीतिमा वर्तमान प्रवल हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);