राजनीतिले नपाएको विद्धान नेता, जनताको नजरमा आलोचित डाक्टरहरु (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

राजनीतिले नपाएको विद्धान नेता, जनताको नजरमा आलोचित डाक्टरहरु (भिडियोसहित)

काठमाडौं, २१ भदौ । नेपालमा जनस्तरमा उठ्ने एउटा सवाल के पनि हो भने, राजनीतिमा लाग्ने मान्छेहरु पढेलेखेका भएनन् । जलनेल खाँदै हर्ताकर्ता बन्दै पार्टीमा स्थापित हुने, अनि संघर्षशील पृष्ठभूमि देखाउँदै राजनीतिको शीर्ष घेरासम्म पुग्ने क्रमसंगै यो वर्ग राजनीतिमा स्थापित हुँदै आएको छ । संघर्षको कारण नेतृत्वमा पुग्ने क्रम यस कारणले पनि बढेको हो कि, अहिलेसम्मको नेपालको इतिहासमा राजनीति भन्ने बित्तिकै संघर्ष हो भन्ने मनोविज्ञान सबैमा परेको छ ।

राजनीतिको न्यूनतम मापदण्ड नै जेल नेल बनेको छ । अब राजनीति स्थिरतातर्फ जानेक्रम बढेसँगै अबको केही समयपछि जेल नेलको राजनीतिक मापदण्ड वृद्ध विरासतसँगै समाप्त हुने अवस्था छ । अब राजनीतिले जेलनलेको सटृा अनुभवी र विज्ञ राजनेताको परिकल्पना गर्न सक्नुपर्छ । जनस्तरमा रहेको एउटा बुझाई के छ भने, विषयगत अनभिज्ञताकै कारण पनि देश विकास हुन सकेन । हुनत यसमा जनमत पनि विभाजित देखिन्छ ।

विषयगत विज्ञ मानिएका डा.युवराज खतिवडा र डा.रामशरण महतहरुको अगाडि विष्णु पौडेलहरुको चर्चा हुनुलाई के भन्ने ? विज्ञहरु खोज्ने तर विज्ञहरुको विज्ञतालाई स्वीकार नगर्ने प्रवृत्तिले पनि देश विकासमा बाधा पुर्याइरहेको त छैन ? एक डाक्टरको उपचार गर्ने प्रक्रिया धामी झाँक्रीको भन्दा फरक हुनुलाई अन्यथा लिन मिल्छ र ? आज सरकारको अगाडि देखिएको एउटा प्रश्न के पनि हो भने, कुनै पनि नीतिगत निर्णयहरुले जनताको सोचलाई मुखरित गर्न सकेको छैन ।

जनताको सोच र सरकारको सोचमा तालमेल छैन । जुन घोषणा पत्र सुनाएर जसरी भोट लिइयो, त्यो घोषणा पत्रको कार्यान्वयनबारे स्वयम सरकार अनभिज्ञ छ । न घोषणा पत्र लागू हुन्छ न बजेटले भनेको कुरा लागू हुन्छ । तालमेल कहीं पनि नमिल्नुलाई विषयगत विज्ञसँग जोडेर हेर्ने कि नहेर्ने ? नेपालका प्रायः सबै जस्तो सरकारहरु जनतामा लोकप्रिय बन्न नसक्नुमा यस्तै यस्तै कारणहरु हावी हुनुलाई मानिएको छ ।

प्राविधिक रुपमा सरकारमा पुग्ने, आफ्नो नेतृत्वमा रहेको मन्त्रालयले के गर्यो ? के गर्दैछ ? भन्ने न्यूनतम सूचना समेत प्रवाह गर्न नसक्ने संयन्त्रलाई के भन्ने ? कुनै पनि सूचना मागेमा प्रवक्ताको टाउकोमा हालि दिने र प्रवक्ताले रेडिमेट उत्तर दिने कार्यशैलीबाट आजित संचार क्षेत्रले कस्तो वकालत गर्ने ? सरकार सूचना दिन चाहँदैन । जनता पारदर्शी होस भन्ने चाहन्छन । जनता सरकारसंग डराउँछ । सरकार जनतासंग डराउँछ । नेतृत्वमा रहेकाहरु आपूmलाई बुद्धिमान सम्झन्छन । जनता त्यसको उल्टो सम्झान्छन ।

सत्तामा बस्नेको बुझाईमा जनता निमुखा हुन । तर जनताको नजरमा सरकार अकर्मण्य हो । सरकार पनि जनतालाई गाली गर्छ । जनता पनि सरकारलाई गाली गर्छन । यस्तैयस्तै तालमेल रहित अवस्थाबाट गुज्रेको राजनीतिले अब राम्रो विज्ञ सहितको पारदर्शी वातावरणको खोजी गरेको छ । जसले जतिखेर पनि जनताको साथ लिएर आफ्नो कर्तव्य पथमा अघि बढ्न सकोस ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);