निषेधाज्ञाकै बीचमा कांग्रेस भातृ संगठनको मौन विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

निषेधाज्ञाकै बीचमा कांग्रेस भातृ संगठनको मौन विरोध प्रदर्शन

काठमाडौं, २१ भदौ । काँकडभिट्टा इनरुवा रेलमार्ग ठेक्का प्रकृयाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले विरोध प्रदर्शन गरेको छ । ठेक्का प्रकृयाको विरोध गरिरेको कांग्रेसको भातृ संगठनका नेताहरुले आज माइतीघरमा प्रदर्शन गरेका हुन ।

ठेक्का प्रकृयाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै भातृ संगठनका नेताहरुले मौन विरोध प्रदर्शन गरेका हुन । महामारीको समयमा जनता कोरोनाबाट प्रभावित भइरहेको बेला सरकारले मिलेमलोमा ठेक्का दिएको उनीहरुको आरोप छ ।

अहिले उपत्यकामा निषेधाज्ञा जारी छ । संक्रमण्को जोखिम दिनदिनै बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाकै बीचमा कांग्रेस भातृ संगठनका नेताहरु प्रदर्शनमा उत्रिएका हुन । १२ जनामात्रै सहभागि भएर सामाजिक दुरी कायम गरी प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।

रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न लेखा समिति, विकास समिति र अख्यिार दुरुपयोग अनुसन्धान आयोगलाई उनीहरुले आग्रह गरेका हुन । प्रदर्शनकै क्रममा प्रहरी आइपुगेपछि उनीहरु तितरवितर भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);