फैलदो कोरोना संक्रमण र फेसबुके हल्ला (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फैलदो कोरोना संक्रमण र फेसबुके हल्ला (भिडियोसहित)

काठमाडौं, २० भदौ ।
पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै आएको छ । अहिलेसम्मकै उच्च संक्रमण भनेर तथ्यांक सार्वजनिक भएपछि सर्वसाधारणमा त्रास र नैराश्यता बढेको छ । सरकारले जताततै लकडाउन र निषेधाज्ञा गरेको, अनि कोरोना संक्रमण नियन्त्रणकै लागि भनी अर्बाै खर्च गर्दा पनि संक्रमण दर नघटेपछि यस्तो त्रास बढेको हो । अझै आफूलाई कोरोनाको विज्ञ भनी दावी गर्ने केही फेसबुके विद्धानहरुले कोरोना केही होइन, डराउनु पर्दैन भनी दिएको भ्रामक सन्देशले त संक्रमण दर बढाउन सहयोग नै गरेको देखिन्छ । यति हुँदा पनि सरकारे भ्रम फैलाउनेलाई कारबाही गर्न सकेको देखिंदैन ।

समृद्ध राष्ट्रहरुलाई समेत थला पार्न सफल कोरोना संक्रमण नेपाल जस्तो कमजोर राष्ट्रको निमित्त ठूलै चुनौती बन्दै गएकोे छ । दिनानुदिन बढ्दै गएको संक्रमणसंगै स्वास्थ्य क्षेत्रबाट हुने लापर्बाही समेतले, जनमानसमा छुटृै प्रकारको सन्त्रास फैलिएको देखिएको छ । अग्रिम मोर्चामा खटिने स्वास्थ्य कर्मचारीदेखि सुरक्षा निकायसम्ममा देखिएको संक्रमणको लहरको गन्तव्य यसै भन्न सकिने अवस्था छैन ।

भौतिक पूर्वाधारको कमी छ , निरन्तरको बन्दाबन्दीको कारण जनताको आयस्तर कमजोर भएसँगै उचित खानपानको अवस्था छैन, सरकारी क्षेत्रको उपचार व्यवस्था अत्यन्त न्यून छ । निजी क्षेत्र कहाली लाग्दो महँगो छ , बाहिर निस्किन मिलेको छैन, घर भित्र थुनिएर बस्नु पर्दाको मानसिक तनाब अनि भविष्यको चिन्ता । यी सबै कारणहरुले जनजीवन अत्यन्त प्रभावित छ , चिन्तित छ । सरकारबाट बेलाबेलामा हुने सम्बोधन आशा लाग्दो छैन । भएको सरकारी निर्णय पनि जनताको ढाड सेक्ने प्रकारको छ । हात हालेको व्यवसायबाट आम्दानी नहुने तर खर्च नरोकिने अवस्थाबाट सृजित तनावकै कारण अग्रिम मोर्चाको एक पुस्ता टाउकोमा हात लगाएर बसेको छ । समस्यै समस्याले ग्रसित जनजीवनमा सानासाना विवादको वातावरण पनि आक्रामक रुपमा देखिन थालेको छ ।

यस्तो अवस्थाबाट अराजक तत्वहरुले फाइदा लिन सक्ने ठूलो सम्भावना रहन्छ । यदि यस्तो हुन गयो भन,े बल्लबल्ल आनतरीक द्धन्द्धबाट मुक्ति पाएको नेपाली समाजको भविष्य कस्तो रहला ? समय छँदै सबैले सोच्नु जरुरी छ । संक्रमण फैलिइरहेको छ । मान्छे मर्ने क्रम बढी रहेको छ । कसरी बच्ने ? के गर्ने ? सबै अन्यौलमा छन । अहिले सामाजिक संजालमा बिचित्रको हल्ला चलाइएको छ । कोरोना केही पनि होइन भन्ने । देश देश, बस्ती बस्ती हुँदै घरदैलोसम्म संक्रमण फैलिइसक्दा पनि फेसबुके विद्धानहरुकै भनाई अनुसरण गर्न थालियो भने त्यसको असर भयावह हुनसक्छ ।

फेसबुके विद्धानलाई हेर्दा विश्वका महाशक्ति राष्ट्रहरुमा विषय वस्तुलाई मनन गर्न सक्ने विद्धान नै नभए जस्तो देखिएको छ । दिनरात फेसबुक नै आफ्नो मुख्य कर्म ठान्ने नेपाली विद्धानहरुले कोरोनाको बारेमा गलत सन्देश प्रवाह गदार्, संक्रमणले जरो गाड्यो भने त्यसको जिम्मेवारी कसले लिने ? हाम्रो जस्तो देशको निमित्त चुनौतीपूर्ण बन्दै गएको सामाजिक संजालमा प्रवाह हुने गलत सन्देशहरुको अनुगमन र नियन्त्रण हुन सकेन भने यसको असर भविष्यसम्म गम्भीर रहने निश्चित छ । भारतका केही विद्धान तथा चिकित्सकहरुको भनाईलाई उधृत गर्दै फैलाइएको सन्देशका संवाहकहरुले के बुझ्नु जरुरी छ भने, स्वयम भारत संक्रमणको दलदलमा फसिरहेको छ ।

बस्तीबस्तीमा संक्रमण छ, जनजीवन कहालिलाग्दो बन्दै गएको छ । त्यसैले सामाजिक संजाल प्रयोग कर्ताहरुले सूचना सम्प्रेषण गर्नुपूर्व विषयको संवेदेनशीलताप्रति गम्भीर हुन जरुरत छ । गलत सम्प्रेषकहरुलाई सरकारले कारबाही गर्नु जरुरत छ । सरकारले पनि हरेक चुुनौतीहरु संगै हात उठाइ दिने प्रकारको प्रवृत्ति देखाउनु हुँदैन ।

निरास जनताको लागि भरोसाको केन्द्र सरकार नै हो । भरोसा नै टुट्न गयो भने त्यसले जनमानसमा पार्ने नकारात्मक असर भोलिको समाजलाई चुनौतीपूर्ण हुनसक्छ । भरोसापूर्ण वातावरणको सृजना गर्नु, संयमता अपनाउनु र सुरक्षित रहनु नै संक्रमणलाई जित्ने माध्यम हुनसक्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);