कोरोना भाइरसको परीक्षण नेपालमै शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना भाइरसको परीक्षण नेपालमै शुरु

काठमाडौं, १३ माघ । चीनबाट सुरु भएको प्राणघातक कोरोना भाईरस विश्वव्यापी रुपमा नै फैलन थालेको छ । यो भाइरसले विश्वव्यापी रुपमा डर देखिएको बेला यसको जोखिम नेपालमा पनि देखिएको छ । केही व्यक्तिमा कोरोना भाईरसको संक्रमण नेपालमा पनि देखिएपछि यसको नमूना परीक्षण नेपालमै गर्ने तयारी सरकारले गरेको छ ।

कोरोना सर्वप्रथम चीनको बुहान शहरमा देखिएको हो । सुरुमा जनावरबाट मानिसमा सरेको यो भाइरस अहिले मानिसबाट मानिसमा नै सर्न थालेपछि विश्वव्यापी रुपमै त्रास बढेको छ ।

यो भाइरसको संक्रमणबाट छिमेकी देश चीनमा ८१ को मृत्यु र हजारौं मानिस संक्रमित भएपछि नेपालमा पनि डर बढेको हो । नेपालमा पनि २ जनामा कोरोना भाईरस भेटिएको छ । उनीहरुको शुक्रराज ट्रपिकल अस्पतालमा उपचार भईरहेको छ।

यसरी नेपालमा पनि यो भाईरस भित्रिएपछि सरकारले विषेश सतर्कता अपनाउँदै विभिन्न परिक्षणका लागि ल्याव संचालनमा ल्याएको छ । कोरोना भाईरस हो या होईन भनी संक्रमितको नमूना परिक्षणका लागि विदेश पठाउनुपर्नेमा अब भने नेपालमै हुने भएको छ ।

कोरोना भाईरसको लक्षण पनि रुघा खोकी जस्तै हुने हुनाले यतिबेला सामान्य रुघाखोकी लगेका ब्यक्तिहरु पनि कोरोनाको शंकामा अस्पताल पुग्ने गरेका छन् । सरकारले कोरोना भाईरसको परिक्षण ल्याव संचालनमा ल्याएपछि सर्वसाधारणले सरकारको कदमप्रति खुशी व्यक्त गरेका छन् ।

भ्रमण वर्ष २०२० मनाउन चिनियाँ पर्यटकहरु पनि नेपाल भित्र्ने भएकोले नेपालमा कोरोना भाइरसको संक्रमण हुने सम्भावना धरै छ । त्यसैले कोरोना भाइरस नफैलियोस् भनेर विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै विमानस्थलमा पनि हेल्थ डेक्सको व्यवस्था पनि गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);