सुनसान बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सुनसान बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

tribhuvan international airport

काठमाडौं, ४ चैत । विश्वभरि नै कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा त्रिभुवन विमानस्थलमा पनि मानिसहरुको आवात जावत न्युन भएको छ । कोरोनाको बढ्दो संक्रमणका कारण विश्वभर हवाई यातायात पनि प्राय ठप्प भएका छन् । यसको प्रत्यक्ष असर नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको छ ।

सधै नै यात्रुहरुको आवतजावतले भरिभराउ हुने त्रिभुवन बिमानस्थल अहिले सुनसान भएको छ । प्राय नेपालीहरु वैदेशिक रोजगारका लागि जाने मलेसिया र साउदी अरेबियाको हवाई टिकट दुई हप्ताका लागि बन्द गरिएको छ ।

कतार र कुवेतको हवाई यातायात अनिश्चितकालका लागि बन्द भइसकेको कारण त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल सुनसान भएको हो । विश्वभर बढ्दै गएको कोरोना भाईरसको संक्रमणलाई रोक्न हवाई यातायात बन्द गरिएको हो ।

हवाई यातायात बन्द हुँदा यात्रुको दैनिक आवतजावतमा प्रत्यक्ष रुपमा असर परेको छ । हवाई उडान बन्द हुँदा यात्रुहरुको आवत जावतमा समस्या भएको यात्रुको गुनासो छ ।

कोरोना भाइरसको संक्रमण रोकथमामका लागि विश्वका प्राय सबै देशका विमान स्थलहरुको अवस्था यस्तै नै छ । नेपालमा कोरोना भाईरस नियन्त्रणका लागि सरकारी स्तरबाट प्रयासहरु पनि भइरहेका छन् ।

विश्वका विकसित मुलुकमा समेत महामारीको रुपमा फैलिएकोले कोरोनाको नियन्त्रणका लागि नेपाल सरकारले अझै बिशेष कदमा चाल्नु पर्ने यात्रुको भनाई छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन विश्वमा भइरहेका प्रयास र उच्च सतर्कताका कारण अहिलेको अवस्था चाँडै नै अन्त्य हुने विश्वास गर्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);