पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब बराबरको क्षति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब बराबरको क्षति

34 arba loss

काठमाडौं, १९ असार । बन्दाबन्दी (लकडाउन)का कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब बराबरको क्षति भएको एक अध्ययनले देखाएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले बन्दाबन्दी सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति भएको देखाएको हो । सरदर प्रतिमहिना १० अर्ब कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अध्ययनले देखाएको छ ।

सरकारले केही सेवा क्षेत्र खुला गरेपनि बन्दाबन्दीको अवधि साउन ७ गतेसम्म बढाएपछि अझै सात अर्बको नोक्सानी बढ्नसक्ने अनुमान गरिएको छ । पर्यटन मन्त्रालयले पर्यटन क्षेत्रका कर्मचारी तथा पुनकर्जाका लागि ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण दिने व्यवस्था गरिएको जनाएको छ ।

बन्दाबन्दीको अवधिमा मन्त्रालयबाट भएका कार्यप्रगतिहरुको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार होटलका लागि भ्याट दाखिला गर्ने समय २ महिनाबाट बढाएर चार महिना पु¥याइएको छ ।

मन्त्रालयले हवाई जहाज पार्किङ शूल्कमा ७५ प्रतिशत, बहाल आयमा छुट र इजाजत तथा नविकरण दस्तुरमा बन्दाबन्दी अवधिको ५० प्रतिशत छुट दिन सरकारलाई सिफारिस गरेको छ । बन्दाबन्दीको अवधिमा विभिन्न विमानस्थलहरुमा सन्तोषजनक कार्यप्रगति भएको मन्त्रालयले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ प्रतिशत थप भौतिक प्रगति भइ अहिलेसम्म ९१ प्रतिशत काम भएको छ । यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बन्दाबन्दीको अवधिमा ९ प्रतिशत थप भौतिक प्रगति भइ अहिलेसम्म ५९ प्रतिशत प्रगाति भएको बताएको छ । त्रिभुवन विमानस्थलमा एप्रोन निर्माण, धावनमार्ग र रनवे निर्माण, टर्मिनल भवन निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । निजगढ विमास्थल निर्माण क्षेत्रभित्रका रुख बुट्यानहरुको छपानका लागि रुख विरुवा गणनाको काम सुरु भएको छ ।

मन्त्रालयले ४१ किलोमिटर पदमार्ग, विभिन्न क्षेत्रमा फुटपाथ निर्माण, भ्यूटावर निर्माण सम्पन्न गरेको छ । यस्तै एकिकृत विद्युतिय सञ्जाल सम्बन्धि एप्लिकेसन निर्माणको काम पनि सकिएको छ ।

मध्यपूर्व र युरोप लगायत विभिन्न १७ मुलुकबाट मार्च २४ बाट ३० सम्म नेपाल वायुसेवा निगम लगायतका अन्य वायुसेवाहरुबाट २ सय १४ उडान मार्फत १६ हजार ६ सय ७२ नेपालीलाई उद्धार गरिएको छ । नेपालमा अलपत्र परेका १२ हजार ४ सय ८ जना विदेश प्रस्थान गरेको छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);