पर्यटन विभागमा दर्ता हुन व्यवसायीलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्यटन विभागमा दर्ता हुन व्यवसायीलाई आग्रह

sambandha samiti

काठमाडौं, १९ असार । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटन र होटल व्यवसायीलाई पर्यटन विभागमा दर्ता गर्न सूचना जारी गरी प्रोत्साहन गरिएको बताउनुभएको छ ।

शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पर्यटन विभागको चालू आर्थिक वर्षका कार्यप्रगतिबारे सांसदहरुलाई जानकारी गराउँने क्रममा घिमिरेले सबै होटल व्यवसायी र पर्यटन व्यवसायीलाई विभागमा दर्ता गर्ने प्रणालीको विकास गरिएको बताउनुभयो ।

बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बोर्डले चालु आर्थिक वर्ष र यस अघिका वर्षहरुमा डेढ करोड सम्मको बजेट बनाइएकोमा अहिले ८ देखि १० करोड सम्मको मात्र बजेट बनेको बताउनुभयो ।

बैठकमा सांसदहरुले नेपालको सांस्कृतिक क्षेत्रको संरक्षण गर्दै पर्यटकलाई आकर्षित गर्न अझै धेरै काम गर्नुपर्ने सुझाव दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);