पर्यटन व्यवसायीलाई व्यवसाय खोल्ने तयारी गर्न पर्यटनमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पर्यटन व्यवसायीलाई व्यवसाय खोल्ने तयारी गर्न पर्यटनमन्त्रीको आग्रह

काठमाडौं ७, साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले साउन १५ देखि व्यवसाय खोल्ने तयारी गर्न पर्यटन व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ ।

राजधानीमा मङ्गलबार आयोजित एक कार्यक्रममा मन्त्री भट्टराईले मन्त्रिपरिषद् बैठकले साउन १५ देखि होटल, ट्रेकिङ लगायतका क्षेत्र र भदौ १ देखि अन्तरिक तथा बाह्य उडान सुचालु गर्ने निर्णय गरेकाले व्यवसाय सञ्चालन गर्ने तयारी गर्न आग्रह गर्नुभएको हो ।

उहाँले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन अहिलेदेखि नै तयारी गर्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मौद्रिक नीतिले कोरोनाबाट प्रभावित सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेको बताउनुभयो ।

उहाँले पर्यटन क्षेत्र अधिकतम प्रभावित भएकाले मौद्रिक नीतिबाट गरिएका व्यवस्थाको अधिकतम फाइदा लिन व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पर्यटन व्यवसायीहरूले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र यो अवस्था अझै लामो समयसम्म रहने भएकाले विशेष छुट पाउनुपर्ने बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);