बैंकको ब्याज र किस्ता बुझाउने समय थप गर्न व्यवसायीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बैंकको ब्याज र किस्ता बुझाउने समय थप गर्न व्यवसायीको माग

udhyogi bebasayi

काठमाडौं, १९ असार । उद्योगी व्यवसायीहरुले कोरोना महामारीका कारण बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएको भन्दै सडकबाट सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार काठमाडौंका उद्योगी व्यवसायीहरुका विभिन्न २१ वटा संगठनहरु मिलेर बनेको कोरोना संकट व्यवस्थापन समितिले राजधानीको बसन्तपुर न्यूरोड क्षेत्रमा ध्यानाकर्षण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमम नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यवसायीहरुलाई बैंकको ब्याज र किस्ता, तथा घरबेटीलाई घरभाडा बुझाउन समस्या भएकाले समय थप गरिदिन आग्रह गर्नेगरी सम्बन्धित सबैपक्षलाई सडकबाट ध्यानाकर्षण गरिएको बताउनुभयो ।

व्यसायीहरुले अदालतले पनि लकडाउनको अवधिलाई शुन्य समय मान्ने निर्णय गरेको अवस्थामा नेपाल राष्ट्र बैंकको स्पष्ट नीति नआउँदा बैंकहरुले ब्याज र किस्ताका लागि ताकेता गरिरहेको तर उद्योगी व्यवसायीहरु तिर्न सक्ने अवस्थामा नरहेकाले ध्यानाकर्षण गर्नुपरेको बताएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);