निषेधाज्ञा र बन्दाबन्दी अवधीभरको ब्याज र घरभाडा छुट गर्न महासंघकाे माग | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

निषेधाज्ञा र बन्दाबन्दी अवधीभरको ब्याज र घरभाडा छुट गर्न महासंघकाे माग

काठमाडौं, भदौ २३ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले निषेधाज्ञा तथा बन्दाबन्दी अवधीभरको बैंकको ब्याज र घरभाडा छुट गर्न माग गरेको छ । महासंघले मंगलबार एक विज्ञप्ती मार्फत सरकारसँग ५ बुँदे माग अघि सारेको छ ।

महासंघले अघि सारेका मागहरुमा ५ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई बिना धितो सहुलियत ऋण दिनु पर्ने ,केरुङ नाकामा रोकिएका कन्टेनरहरु छुटाउन पहल गर्नुपर्ने, व्यवसायिक घरभाडा बन्दाबन्दी अवधीभरको पूर्ण मिनाहा गर्न सरकारले भूमिका खेल्नु पर्ने लगायतका छन् ।

Leave a Reply

ताजा समाचार