लकडाउन अवधिभरको घरभाडा मिनाहा गर्न महासंघको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लकडाउन अवधिभरको घरभाडा मिनाहा गर्न महासंघको आग्रह

rastriya bebasayi

काठमाडौं, १३ असार । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको घरभाडा मिनाहा गर्न माग गरेको छ । लकडाउनमा सबै व्यवसाय ठप्प भएको र लकडाउनको मोडालिटी परिवर्तन भएपछि पनि व्यापार ठप्प प्रायः भएको भन्दै महासंघले प्रेस विज्ञप्ति निकालेर लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘लामो समय लकडाउन भएको र लकडाउन केहि सहज भइसकेपछि पनि व्यापार ठप्प प्रायः भएका कारण सम्पूर्ण व्यवसायीहरु यतिबेला दैनिक गुजारा टार्न समेत संकट खेप्नु पर्ने अवस्थामा पुगेका छौं ।’

यस्तो बेलामा आम उद्योगी-व्यवसायीहरुका लागि सटर भाडा मुख्य चुनौतीको रुपमा देखा परेको कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ghar bhada

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);