४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भयो : कृषिमन्त्री भुसाल | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

४० वर्षयता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भयो : कृषिमन्त्री भुसाल

काठमाडौं, १३ असार । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ४० वर्ष यता कृषि क्षेत्रलाई बिगार्ने काम मात्रै भएको बताउनुभएको छ । एसोसिएशन आफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्धारा राष्ट्रिय धान दिवशको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०-४० वर्ष यता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताउनुभयो ।

मन्त्री भुसालले कृषि विकासका लागि भाषण गर्ने, ठेक्का पट्टा गर्ने, विभिन्न प्रोजेक्टहरु ल्याएर विगार्ने काम गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले त ३०-४० वर्ष भयो बर्बाद पार्न थालेको । हाम्रा साना दुःखले बर्बाद पारेको होइन । हामीले बहुत मेहनतले बर्बाद परेका छौं । हाम्रो कृषि व्यवस्थालाई हामीले भाषण गरेका छौं, हामीले अनेक प्रयत्नहरु गरेका छौं, ठेक्का पट्टा गरेका छौं, प्रोजेक्टहरु गरेका छौं । के-के गर्यौ  गर्यौ । यो कृषि व्यवस्था विगार्नका लागि’ ।

लामो समयसम्म विगार्दै आएको कृषि व्यवस्थालाई सुधार्न अझै केही समय लाग्ने मन्त्री भुसालले बताउनुभयो । ३०-४० वर्ष देखि विग्रदै आएको कृषि ३ वर्ष भित्रमा सुधार्न चुनौति रहेको समेत उहाँले बताउनुभयो ।

देशमा औद्योगीक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाडदा कृषि व्यवस्था र प्रणाली नै विग्रेको मन्त्री भुसालले बताउनुभयो । उहाँले किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडी परेको बतानुभयो । उहाँले पछिल्लो ३०-४० वर्ष यताको स्थितिलाई हेर्दा हेर्दै सबै कृषि उपज किनेर खानुपर्ने दिन आएको बताउनुभयो ।

कोरोना महामारीले भने कृषि नै जीवन हो भनेर ब्युझाएको मन्त्री भुसालले बताउनुभयो । कोरोनाले सिकाएको पाठलाई फेरिपनि विर्सने काम भयो भने ठूलो गल्ती हुने पनि उहाँले बताउनुभयो । गएको दशकमा कृषि मन्त्रालय भित्रपनि मन्त्री कसरी बलियो बन्ने, मन्त्रालयलाई कसरी बलियो बनाउने भन्ने तर्फ मात्रै ध्यान केन्द्रित भएकाले मन्त्रालयले कृषि क्षेत्रको विकासमा प्रभावकारी काम गर्न नसकेको बताउनुभयो ।

मन्त्री भुसालले केही दशक खेर गइसकेकाले अब नयाँ व्यवस्था अनुसार कृषि उत्पादनलाई अगाडि बढाउन खोजिएको जानकारी समेत गराउनुभयो । नयाँ व्यवस्था अनुसार कृषि क्षेत्रमा लाग्ने कुनै पनि किसानको जीवन, स्वास्थ्य, शिक्षा, सुरक्षाका विषयमा सरकारले ज्ञारेन्टी लिने गरी व्यवस्थापन गर्न लागिएको उहाँले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);