विश्वभर कोरोना भाइरसको प्रकोप : नेपाली नागरिकमा डर, भय र त्रास | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विश्वभर कोरोना भाइरसको प्रकोप : नेपाली नागरिकमा डर, भय र त्रास

काठमाडौं, २० फागुन । पछिल्लो तथ्यांक अनुसार कोरोना भाईरसका कारण विश्वमा ३ हजार भन्दा बढीको मृत्यु भएको छ । ९० हजार भन्दा बढी मानिस संक्रमित भईसकेको तथ्यांक छ ।

चीनबाट सुरु भएको भाईरस विश्वका ९६ देशमा फैलिसकेको छ । नेपालमा यसको संक्रमण नदेखिए पनि डब्लुएचओको अनुसार नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको छ ।

नेपाल कोरोना भाइरसको उच्च जोखिमा रहेको विश्व स्वास्थ्य संगठनले प्रतिवेदन सार्वजनिक गरेपछि नेपालमा हवाइ उडानमा रोक लगाइएको छ । कोरोनाको प्रकोप बढेपछि सर्वाेच्च अदालतले अन्तराष्ट्रिय उडान हाललाई स्थगित गर्न सरकारका नाममा अन्तरिक आदेश जारी गरेको छ ।

त्रासका कारण यतिबेला बाहिर जाने र बाहिरबाट नेपाल आउनेको यात्रुको संख्यामा पनि कमि आएको छ । कोरोनाको त्रास हुनु अघि नेपाल भ्रमणको टिकेट बुकिङ धेरै हुने गरेपनि हाल लगभग ठप्प जस्तै छ ।

विदेशी पाहुनोको समेत भीडभाड हुने अन्तराष्ट्रिय विमानस्थल परिसरमा यात्रुको चाँप ह्वात्तै घटेको छ । आउ जाउ गर्ने यात्रुहरुका लागि विमानस्थलमा विमान स्वास्थ्य परिक्षणका लागि हेल्थ डेस्क राखिएको छ । तर त्यति मात्रै पर्याप्त नभएको सर्वसाधारणको प्रतिक्रिया छ ।

कोरोना नियन्णका लागि नेपाल सरकारको तयारी फितलो देखिन्छ । अन्तराट्रिय उडानमा रोक लगाएपनि अरु नाकाबाट नेपालमा आउनेहरु रोकिएको छैन । उच्च जोखिममा रहेका मुलुकका नागरिक समेत नेपाल प्रवेश गर्नुले आम नागरिकमा झनै डर, भय र त्रास फैलिएको छ । यसर्थ सरकारले आउ जाउमा निगरानीसंगै जनचेतनाका कार्यक्रमलाई व्यापक बनाउन आवस्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);