भारतले नेपाल निर्यात हुने २६ प्रकारका औषधिको कच्चापदार्थमा रोक लगायो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारतले नेपाल निर्यात हुने २६ प्रकारका औषधिको कच्चापदार्थमा रोक लगायो

medicine

काठमाडौं, २२ फागुन । कोरोना भाइरसको संक्रमण बढिरहेको बेला भारतले नेपाल निर्यात हुने २६ प्रकारका औषधिको कच्चापदार्थमा रोक लगाएको छ । भारतबाट निर्वाध रुपमा औषधि र कच्चापदार्थ आयात हुँदै आएकोमा भारतले रोक लगाएपछि त्यसको प्रत्यक्ष असर नेपाली जनतामा पर्ने भएको छ । यसबाट सर्वसाधारण भयवीत भइरहेका बेला उद्योग मन्त्रालयले नआत्तिन सर्वसाधारणलाई अपिल गरेको छ ।

जब नेपालमा अप्ठ्यारो परिस्थिती आउँछ भारतले केही केही दुष्ट व्यवहार देखाइहाल्छ । भूकम्पले थिलथिलो भएको बेला २०७२ सालमा नेपाल विरुद्ध नाकाबन्दी लगाएको भारतले अहिले कोरोना भाइरसले चीनसँगको नेपालको सीमा नाका बन्द भएको बेला भारतले २६ प्रकारका अत्यावश्यकीय औषधिको कच्चा पदार्थमा नेपाल पठाउन रोक लगाएको छ ।

यसबाट भयवीत भएका सर्वसाधारणको औषधी जगेडा राख्नका लागि औषधी पसलहरुमा भीड लाग्न थालेको छ । भारतले औषधी र यसका कच्चा पदार्थमा रोक लगाए पनि नेपालमा तत्काल नै औषधीको अभाव नहुने उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती लाल दुगडले बताउनु भयो ।

नेपाल औषधीमा आत्मनिर्भरतर्फ अग्रसर छ । भारतले औषधी निर्यातमा रोक लगाए पनि नेपाल आफैले पनि धेरै औषधीहरु उत्पादन गर्दै आएकाले नेपालमा औषधीको अभाव नहुने नेपाल औषधी लिमिटेडका निमित्त महाप्रवन्धक विजय श्री रत्न बज्राचाले दावी गर्नुभएको छ ।

कोरोना भाइरसका कारण अहिले बजारमा मेडिकल माक्स र स्यानिटाइजरको अभाव देखिएको छ । सरकारले मेडिकल मास्क तथा औषधीको कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई कारबाहीको दायरामा पनि ल्याएको छ । माक्स र स्यानिटाइजरको अभाव भएपनि औषधी भने पर्याप्त मात्रामा भएकाले औषधीको हाहाकारको अवस्था नभएको काठमाडौँका फार्मेसिस्टहरुको भनाई छ ।

हाल बजारमा औषधीको अभाव नदेखिए पनि औषधी अभाव हुन सक्ने डरले नागरिकहरुले आवश्यकता भन्दा बढी खरिद गरी जगेडा राख्न थालेकाले नै अभाव नदेखिएला भन्न सकिन्न ।

त्यसैले यसतर्फ नागरिकहरुले पनि संयम हुन जरुरी छ । अर्थमन्त्री डा. युवराज खतिवडाले भारतसंग औषधी निर्यातमा लगायएको रोक फुकुवा गर्न सरकारले भारतसंग आग्रह गर्ने पनि जानकारी दिनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);