६ महिनासम्म औषधिको अभाव नहुने औषधि उत्पादक संघको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

६ महिनासम्म औषधिको अभाव नहुने औषधि उत्पादक संघको दाबी

medicine

काठमाडौं, २३ फागुन । नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधिको अभाव नहुने बताएको छ । भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिवन्ध लगाएपछि नेपालमा औषधि अभाव हुने आँकलन भइरहेका बेला संघले यस्तो बताएको हो ।

संघका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कच्चा पदार्थ र तयारी वस्तु गरेर हामीसँग मौज्दात भएको ३ महिनाका लागि हो । भर्खरै नेपाल औषधि व्यवसायी संघले पनि प्रेस विज्ञप्ती जारी गर्दै ३ महिनाको लागि छ भनेर भनेको छ । भनेपछि नेपालमा यी वस्तुहरु ६ महिनासम्म पुग्छन् । हामी आत्तिनुपर्ने अवस्था छैन् ।’

संघका महासचिव बिप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको बताउनुभयो । अफ्ठ्यारो अवस्थामा सरकारले विदेशमा माग्नुभन्दा नेपाली उद्योगिहरुलाई प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले ७५ प्रतिशत औषधिमा हामी आत्मनिर्भर छौँ । विदेशीले जुनसुकै बेला रोक्यो भने पनि तयार छौँ । हार गुहार गर्नुपर्ने अवस्था छैन् । सरकारले प्रोत्साहन ग¥यो भने २ वर्षमा नेपाली औषधि उद्योगहरुलाई पूर्ण रुपले आत्मनिर्भर बनाउँछौँ ।’

चीनको वुहान सहरबाट फैलिएको कोरोनाको संक्रमणले विश्वलाई त्रसित बनाएको छ । भारतले पनि २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा प्रतिवन्ध लगाएपछि नेपाली बजारमा औषधिको अभाव हुन सक्ने भन्दै आंकलन भइरहेको बेला संघले ६ महिनासम्म कुनै अभाव नहुने बताएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);