सुदूरपश्चिमका सबै स्थानिय तहमा ग्रामिण अल्ट्रासान्ड सम्बन्धी तालिम प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सुदूरपश्चिमका सबै स्थानिय तहमा ग्रामिण अल्ट्रासान्ड सम्बन्धी तालिम प्रदान

ultrasound talim-kaiali1

कैलाली, २७ फागुन । स्वास्थ्य निर्देशनालय दिपायलले सुदूरपश्चिमका ८८ ओटै स्थानिय तहका १-१ जना स्वास्थ्यकर्मी लाई ग्रामिण अल्ट्रासान्ड सम्बन्धी तालिम दिएको छ । यसअघी ग्रामिण क्षेत्रका महिलाहरुले आफ्नो गर्भाअवस्थाको बारेको जानकारी नपाएकै कारण अकालमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रदेश सरकारले अल्ट्रासाउण्ड मेसिन खरिद गरेको थियो ।

ग्रामिण क्षेत्रका महिलालाई गर्भाअवस्थामा सहजता दिन सुदूरपश्चिम प्रदेश सरकारले अल्ट्रासाउण्ड मेसिन खरिद गरी ८८ वटा स्थानीय तहलाई हस्तान्तरण गरेको थियो । तर मेसिन चलाउने जनशक्तिको अभाव भएपछी अहिले प्रदेश सरकारले नै ८८ वटै स्थानिय तहका स्वास्थ्य चौकीमा कार्यरत अनमी र स्टार्फ नर्सलाई २१ दिने तालिम दिएको छ । तालीममा सहभागीहरुले स्वास्थ्यकर्मीहरुले तालिम पश्चात् ग्रामिण क्षेत्रका बच्चा र आमाको मृत्युदरमा कमी आशा लिएका छन् ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले अहिले आमा र बच्चा बचाउने क्षेत्रमा सुदूरपश्चिम प्रदेश अगाडी बढेको बताउनु भयो । अवस्थीले चैत मसान्तभित्र सुदूरपश्चिमका ४ सय २० ओटै स्वास्थ्य चौकीमा अल्ट्रासाउन्ड सेवा पुर्‍याउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
ultrasound talim-kaiali
प्रदेशका समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले अल्ट्रासाउन्ड मेसीनको दुरुपयोग नर्गन स्वास्थ्य कर्मीलाई आग्रह गर्नुभयो । उहाँले गर्भवती अवस्थामा बच्चाको लिंग पहिचान गर्नु कानुनले बन्देज लगाएको भन्दै यस्ता कार्य नर्गन निर्देशन पनि दिनुभयो ।

१२ करोड ३२ लाख बजेटमा अल्ट्रासाउन्ड मेसीन खरिद गरि सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले ८८ वटा पालिकाहरुलाई हस्तान्तरण गरेको थियो ।

ultrasound talim-kaiali2

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);