सुनकोसी लिफ्ट सिंचाई आयोजनाको काम अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सुनकोसी लिफ्ट सिंचाई आयोजनाको काम अन्तिम चरणमा

lift sichai ayojana

रामेछाप, २७ फागुन । रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुमका स्थानीय गाउँमा लिफ्ट सिंचाई आयोजना बन्नकाम अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारले एक गैरसरकारी संस्थासंगकोे साझेदारीमा झण्डै एक करोड २५ लाखको लागतमा निर्माण गरिरहेको सुनकोसी चपाडी लिफ्ट सिंचाई आयोजना अन्तिम चरण पुगेपछि राकाथुमका किसान हर्षीत भएका छन् ।

नेपाल सरकारले एक गैरसरकारी संस्थासंगको साझेदारीमा निर्माण गरिरहेको सुनकोसी लिफ्ट सिंचाई आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुनकोसीबाट लफ्टि मार्फत पानी तानि स्थानीय ३५ घरपरिवारको जमिनमा सिँचाई सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । आयोजना निर्माणपछि व्यवसायिक तरकारी खेती गर्न खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमका किसानहरु उत्साहित भएका छन् ।

नेपाल जेसिस नामक संस्थाको एक करोड र नेपाल विद्युत प्राधिकरणको २५ लाखको लगानीमा उक्त आयोजना सम्पन्न हुन लागेको हो । २ लाख लिटर बढि पानी अट्ने क्षमता भएको ट्याङकी चपाडी गाउँ माथिको डाँडामा निर्माण गरिएको छ । यो आयोजना निर्माणपछि चपाडी गाउँका ३६ घरधुरीमा पोली पाइप मार्फत सिंचाई सेवा पुग्ने छ ।

यो आयोजनाबाट ३६ घरधुरीको ३ सय रोपनी भन्दा बढि खेती योग्य जमिन सिंचित हुने छ । यसले उक्त क्षेत्रका किसानमा ब्यवसायिक तरकारी खेतीका लागी मार्ग प्रशस्त गरी आर्थीक उपार्जनमा सहयोग गर्ने आशा लिइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);