रामेछापको चिसापानीमा, खानेपानी आयोजना अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

रामेछापको चिसापानीमा, खानेपानी आयोजना अन्तिम चरणमा

नवराज श्रेष्ठ
रामेछाप, १ माघ । खानेपानीको चरम समस्या भोग्दै आएको रामेछापको चिसापानीबासीले यसै आर्थिक वर्षभित्र खानेपानी उपभोग गर्न पाउने भएका छन् । खानेपानी डिभिजन कार्यालय र स्थानीय निकाय जोडतोडका साथ लागेपछि मन्थली नगरपालिका–८, चिसापानीबासीले यसै वर्ष पानी खान पाउने निश्चित भएको हो ।

तामाकोशी नदीबाट लिफ्टमार्फत पानी तानेर मन्थली नगरपालिका–८, चिसापानी गाउँमा खानेपानी पुर्याउन लागिएको हो । त्यसका लागि चिसापानी गाउँभन्दा माथिका डाँडामा डेढ सय घनमिटरका दुईवटा ट्याङकी निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यही वर्षभित्र चिसापानीबासीलाई खानेपानी पुर्याउन स्थानीय जनप्रतिनिधि पनि लागिपरेका छन् ।

सरकारको तीन करोड लगानीमा आर्थिक वर्ष २०६९÷७० बाट सुरु भएको खानेपानी आयोजना अन्तिम चरणमा छ । खानेपानी आयोजना यसै वर्षभित्र सम्पन्न गर्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापले पनि गम्भीरता देखाएको छ ।

खानेपानी आयोजना सम्पन्न हुँदा चिसापानीका आठ सय घरधुरी लाभान्वित हुनेछन् । आयोजनाले एक घरपरिवारलाई दैनिक एक हजार लिटर पानी वितरण गर्ने योजना बनाएको छ । खानेपानी आयोजना सम्पन्न भएपछि चिसापानीबासीको जीवन स्तरसमेतमै प्रभाव पर्ने विश्वास छ ।

चिसापानी लिफ्ट खानेपानीलाई उच्च प्राथमिकतामा राखी योजना निर्माणको प्रगतिबारे जिल्लास्तरीय अनुगमन भ्रमणसमेत भइसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);