चोरीको मोटरसाईकलसहित ८ जना नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

चोरीको मोटरसाईकलसहित ८ जना नियन्त्रणमा

झापा, १ माघ । झापामा प्रहरीले चोरीको मोटरसाईकलसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय, बिर्तामोडले भन्सार छलेर भित्रिएका ९ वटा मोटरसाईकल सहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बिर्तामोडका सुदिप रिजाल, विरेन्द्र लिम्बू, कचनकवलका सञ्जोग लिम्बू, कन्काईका विशाल पुरी, अभिषेक मगर रहेका छन् । यस्तै बिर्तामोडका हरि न्यौपाने, अर्जुनधारकाका ओम प्रकाश सेन्चुरी र भद्रपुरका युवराज राई पनि पक्राउ परेका छन् ।

नियन्त्रणमा लिइएका ९ वटा मोटरसाईकलमध्ये ६ वटाको प्रमाणीकरण भईसकेको छ । प्रमाणीकरण गरिएका ६ वटा मोटरसाईकल मध्ये २ वटा बुलेट, एउटा डियुक र ३ वटा पल्सर रहेको पनि प्रहरीले जनाएको छ ।

पक्राउ परेको समुहले सस्तो मूल्य पाएर मोटरसाईकल खरिद गरेको बयान दिए पनि यातायात व्यवस्था कार्यालयमा ती मोटरसाईकलको कुनै पनि कागज वा रेकर्ड नभएको डिएसपी कृष्णप्रसाद कोइरालाले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);