मोटरसाइकल चोरीको अभियोगमा २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

मोटरसाइकल चोरीको अभियोगमा २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौं टोखा नगरपालिका धनेश्वौरबाट हराएको प्रदेश ३-०२-००२ प ४८०३ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा २ जनालाई बिहीबार ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोट सुर्यगडी गाउँपालिका – ४ घर भई हाल काठमाडौं बनस्थलि बस्ने वर्ष २४ का संजय तामाङ्ग र जिल्ला नुवाकोट तादी गाउँपालिका – ६ घर भई हाल काठमाण्डौ तारकेश्वथर – ६ बस्ने वर्ष ३२ का बुद्धि बहादुर तामाङ रहेका छन् ।

चोरीमा संलग्न दुवैलाई ट्राफिक प्रहरीले काठमाडौं तारकेश्व्र – ६ धर्मस्थलीबाट बा ८९ प ७९६९ नम्बरको कालो, रातो रंङको २२० सी.सी.को पल्सार मोटरसाईकल शंकास्पद रूपमा चलाईरहेको अवस्थामा फेलापारी चेक जाँच गरी बुझ्दा उक्तच्यासिस तथा ईन्जिन नम्बर भएको मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२-००२ प ४८०३ खुल्न आएको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

चोरीमा संलग्नहरुलाई पक्राउ गर्न महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालित गरी निरन्तर सुचना संकलन र निग्रानी पश्चात नम्वर परिवर्तन गरी मोटरसाईकल चलाईरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

उक्त मोटरसाइकल यही श्रावण १३ गते टोखा नगरपालिका धनेश्वईरबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि रसुवा नौकुण्ड गाउँपालिका – ६ घर भएका बर्ष २१ को राममान तामाङ्गले निबेदन यस महाशाखामा दिएका थिए ।

पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त, महाराजगंजमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);