नम्बर प्लेट परिवर्तन गरी चोरीका मोटरसाईकल चलाउने ट्राफिक प्रहरीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नम्बर प्लेट परिवर्तन गरी चोरीका मोटरसाईकल चलाउने ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकलसहित नियन्त्रण गरेको छ ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश०२-०१२प७०६६नम्वरको कालो रातो रंङको २२०सी.सी.को पल्सर मोटरसाईकल सवार गरिरहेको अवस्थामा नयाँ बसपार्क, गंगबुबाट चालकसहित नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका – २,बोदल घर भई हाल दक्षिणढोका काठमाडौं बस्ने वर्ष २२को तेज थापा मगर रहेको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३-०२- ०१० प ९४४६ खुल्न आएको छ ।

उक्तनम्वरको मोटरसाईकल १० दिन अगाडी मात्र काठमाडौं, पेप्सीकोलाबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनी काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका-३ घर भई हाल काठमाडौं मुलपानी बस्ने प्रकाश गौतमले ट्राफिक महाशाखामा दिएको निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वोर पठाईएको महाशाखाका प्रवक्ता एसपी संजिव शर्मा दासले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);