कैदीबन्दीलाई खेल सामग्री वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कैदीबन्दीलाई खेल सामग्री वितरण

अछाम, १ माघ । अछाम कारागारका कैदीबन्दीलाई सिर्जनशील युवा क्लबले खेल सामग्री वितरण गरेको छ ।

सुधार गृहका रुपमा लिइने कारागारका बन्दीलाई तनावमुक्त बनाउन सिर्जनशील युवा क्लब अछामले, खेल तथा मनोरञ्जन सामग्री वितरण गरेको हो । खेल सामग्री वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरी सहभागी थिए ।

चौधरीले सरकारले कारागारलाई सजाय गृहका रूपमा नभई सुधार गृहको विकास गर्ने नीति लिएको ब ताए । सीपमूलक तालिम आयोजना गरी कैदीबन्दीको जीवनयापन सहज बनाउन अछाम प्रशासनले घरेलु तथा साना उद्योग व्यवसाय र नगरपालिकासँग समन्वय गरिरहेको  छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);