धादिङका केही भूकम्पपीडितले दोस्रो किस्ताबापतको रकम नपाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

धादिङका केही भूकम्पपीडितले दोस्रो किस्ताबापतको रकम नपाउने

धादिङ, १ माघ । धादिङका केही भूकम्पपीडितले घर निर्माणका लागि दोस्रो किस्ताबापतको रकम नपाउने भएका छन् ।

भूकम्पपीडितले सरकारी राहत लिएर बनाएका घर मापदण्डअनुसार नबनेको पाइएपछि दोस्रो किस्ता रोक्ने भएको छ । यसबाट सरकारी मापदण्ड आउनुअघि घर बनाएका भूकम्पपीडित बढी प्रभावित हुने भएका छन् ।

सरकारको नीति थाहा नभएकाले दोस्रो किस्ता रकम नपाएको नीलकण्ठ नगररपालिका–१२, साङ्कोसका भूकम्पपीडितले बताए । घर निर्माण कार्य सम्पन्न भइसक्दा पनि दोस्रो किस्ताबापतको अनुदान रकम नपाउँदा समस्या भएको भूकम्पपीडित बताउँछन् ।

धादिङमा भूकम्पबाट क्षति भएका घरमध्ये हालसम्म १८ हजार सात सय ९७ निजी आवास पुनर्निर्माणको चरणमा अघि बढेका छन् । डीपीसी तहसम्मको निर्माण पूरा गरेका १२ हजार एक सय ७७ जना लाभग्राहीलाई दोस्रो किस्ताबापतको रकम भुक्तानीका लागि सिफारिस गरिएकोमध्ये आठ हजार दुई सय २५ लाभग्राहीको बैंक खातामा अनुदान रकम आएको छ । लाभग्राहीमध्ये नौ सय १३ जनाले तेस्रो किस्ताबापतको अनुदान रकम पाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);