तेस्रो वर्षमा बल्ल दोस्रो किस्ता | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८१, शनिबार

तेस्रो वर्षमा बल्ल दोस्रो किस्ता

earthqukae kista

खोटाङ, १२ साउन ।  महाभूकम्प गएको तीन वर्ष बितेपछि खोटाङका दुई हजारभन्दा बढी लाभग्राहीले दोस्रो किस्ता पाएका छन्। २०७२ साल जेठ १२ गतेको महाभूकम्प र परकम्पनका कारण घरविहीन बनेपछि पहिलो किस्ता लिएर घरको डिपिसी गरिसकेका दुई हजार ४०१ भूकम्पपीडितले दोस्रो किस्ता बुझेका हुन्।

२०७४ जेठ १९ गतेदेखि पहिलो किस्ताबापतको ५० हजार बुझेर आवास निर्माण सुरु गरेका लाभग्राहीमध्ये दुई हजार ४०१ लाभग्राहीले दोस्रो किस्ता बुझेको राष्ट्रिय पुननिर्माण कार्यान्वयन एकाइ जिल्ला आयोजना कार्यान्वयन एकाइ आवास व्यवस्थापन तथा पूर्वाधार कार्यालयका प्रमुख सागर आचार्यले बताए। पहिलो किस्ता बुझेका खोटाङका आठ हजार १७३ लाभग्राहीमध्ये उनीहरुले दोस्रो किस्ताबापत एक लाख ५० हजारका दरले अनुदान बुझेका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत वैशाख ३० गतेदेखि जिल्लाका भूकम्पपीडितलाई आवास निर्माणबापतको दोस्रो किस्ताबापतको अनुदान वितरण थालेको थियो। जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये सबैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिकाका भूकम्पपीडितलाई दोस्रो किस्ताबापतको रकम वितरण गरिएको छ।

हलेसी तुवाचुङ नगरपालिकाका ८००, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४१६, ऐसेलुखर्क गाउँपालिकाका ४६, रावाबेसी गाउँपालिकाका १४७, जन्तेढुंगा गाउँपालिकाका १५३, खोटेहाङ गाउँपालिकाका १९२, केपीलासगढी गाउँपालिकाका ९१, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका २९१, बराहपोखरी गाउँपालिकाका १७३ र साकेला गाउँपालिकाका ९२ लागभग्राहीले दोस्रो किस्ता बुझेका छन्।

ढिलै भए पनि दोस्रो किस्ता निकासा हुन थालेपछि पहिलो किस्ताबाट घरको डिपिसी उठाएर बसिरहेका लाभग्राही उत्साहित बनेका छन्। तर, अनुदान पाए पनि वर्षा सुरु भएका कारण आवास निर्माणको काम अघि बढाउन समस्या भइरहेको भूकम्पपीडितको गुनासो छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);