समयमै काम सक्न प्राविधिकलाई निर्देशन : सचिव आचार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

समयमै काम सक्न प्राविधिकलाई निर्देशन : सचिव आचार्य

अर्घाखाँची, १६ माघ । नेपाल सरकार तथा राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव सुरेश आचार्यले जनताका काम समयमै सम्पन्न गर्ने गरि लाग्न प्राविधिकहरुलाई निर्देशन दिनुभएको छ । असार मसान्तमा प्राधिकरणको समयावधि सकिने जानकारी गराउँदै सचिव आचार्यले कार्ययोजना बनाएर जनताको काममा लाग्न निर्देशन दिनुभएको हो ।

सन्धिखर्कमा संचालन भएको नीजि आवास सहित पुनर्निर्माणका चालु कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।उहाँले पुननिर्माणका काम सम्पन्न गर्न वडाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र सचिवको अहम भुमिका रहने हुदा समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो । नीजि आवास, विद्यालय भवन पुननिर्माणमा देखिएका समस्याहरु देखिने गरेपनि समस्याबाट पन्छिन नमिल्ने धारणा राख्नुभयो ।

पछिल्लो समय प्राविधिकहरु कार्यक्षेत्रमा नबस्ने जनगुनासो बढिरहेका बेला त्यस्ता कर्मचारीहरुको हाजिरी प्रमाणित नगर्न स्थानीय तहहरुलाई अनुरोध समेत गर्नुभयो ।पहिलो किस्ता लिएका लाभग्राहीले दोस्रो र तेस्रो किस्ता लिनका लागि माघ मसान्तसम्म र २०७८ बैशाख मसान्तसम्म निवेदन दर्ता गर्नुु पर्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले पहिलो किस्ता बराबरको रकम लिएका तर नीजि आवास निर्माणको काम सुरु नगरेका लाभग्राहीहरुलाई सुचीबाट हटाउने बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);