अझै टहरामै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अझै टहरामै

सिन्धुपाल्चोक, २२ माघ । बलेफी गाउँपालिका फुल्पिङकोटका सर्वमान थापाले किस्ता पाउने/नपाउने अन्योलले अझै आवास निर्माणको काम थाल्न सकेका छैनन् । पुनर्निर्माण प्राधिकरणले आवास निर्माणबारे केही निर्णय नआएको बताएपछि उनले घर बनाउने आँट नगरेका हुन् । ‘किस्ता पाइन्छ, पाइँदैन भन्ने अन्योलका कारण निर्माण थाल्न सकिएन,’ थापाले गुनासो पोखे, ‘सरकारी किस्ता आए ऋण लिएर घर बनाउन सकिएला, नत्र टहरामै बसिरहनुको विकल्प छैन ।’

जिल्लामा प्राधिकरणले पुस मसान्तभित्र दोस्रो किस्ता लिई सक्नुपर्ने निर्णय गरेपछि म्याद बढाउने वा दोस्रो किस्ता बन्द गर्ने भन्नेबारे पनि अन्योल छ । प्राधिकरणबाट प्रस्ट जवाफ नआएपछि आवास किस्ता नपाइने डरमा रहेकाले पुनर्निर्माण नथालेको थापाले सुनाए । ‘आफैंले बनाउने भए आफ्नो व्यवस्था गथ्र्यौं, सरकारले अन्योलमा पार्‍यो,’ पाँचपोखरी थाङपाल गाउँपालिस्थित तिपेनीकी दिलवती तामाङले भनिन्, ‘सरकारले किस्ता दिए ऋण खोजेर घर बनाउँला भन्ने योजना थियो ।’

सहरी विकास तथा भवन डिभिजन कार्यालयको पुस मसान्तसम्मको तथ्यांकअनुसार ५८ दशमलव ३ प्रतिशतले आवास निर्माण सुरु गरेका छन् । पहिलो चरणको काम नसके दोस्रो किस्ता नपाउने सरकारी समयसीमाले ती भूकम्पपीडितले घर बनाउन थालेका हुन् । ४२ प्रतिशत भूकम्पपीडित सरकारले समयसीमा थपे पनि जिल्लामा निर्णय नआउँदा आवास अनुदानबारे अन्योल छाएको छ ।

पुस मसान्तपछिको निवेदन विषयमा के गर्ने आफैं अन्योलमा रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालयका निमित्त प्रमुख टंक गौतमले बताए । ‘हामी अहिलेसम्म अन्योलमा छौं, माथिबाट यसबारे ठ्याक्कै निर्णय आइसकेको छैन,’ गौतमले भने, ‘चाँडै निर्णय आए भूकम्पपीडितलाई पुनर्निर्माणमा सहज हुने थियो ।’ पुनर्निर्माण प्राधिकरण समन्वय समिति सचिवालयका अनुसार हालसम्म अनुदान सम्झौता गरेका ७५ हजार ७ सय ६५ मा ५१ हजार ६ सय २१ भूकम्पपीडितले मात्रै आवास निर्माण सुरु गरेका छन् । ‘लाभग्राहीमा गुनासो थपेर अहिले ८३ हजार ६ सय ६३ संख्या पुगेको छ,’ पुनर्निर्माण प्राधिकरण समन्वय समिति सचिवालयका प्रमुख रुद्र मल्लले भने, ‘११ हजार ६३ ले आवास निर्माण सकेको पाइएको छ ।’

प्राधिकरणले विशेष कारणले घर निर्माण सुरु गर्न नसक्नेलाई म्याद थप हुने जनाएको छ । तर, कस्तो अवस्थालाई विशेष मान्ने भन्ने यकिन हुन नसकेको मल्लले बताए । तालिम प्राप्त डकर्मी अभाव र निर्माण सामग्री महँगो भएकाले समयमै निर्माण थाल्न नसकेको भूकम्पपीडितले गुनासो गरे । सरकारी अनुदानको आसमा पुनर्निर्माणमा जुटेका विपन्न वर्गका भूकम्पपीडितले अनुदान नपाउने डरमा पुनर्निर्माणलाई तीव्रता दिएका छैनन् । जिल्लामा निर्णय नआएकाले हालै घर निर्माण थालेका भूकम्पपीडित निरुत्साहित हँुदै गएका छन् । हालसम्म पहिचान गरिएका ८३ हजार ६ सय ६३ लाभग्राहीमा ७५ हजार ५ सय ७३ ले पहिलो किस्ता लगिसकेका छन् जसमा ७५ हजार सात सय ६५ सँग अनुदान सम्झौता भएको थियो । ४० हजार ५ सय ३० ले दोस्रो किस्ताका लागि सिफारिस गरेका छन् । पाँच हजार ६ सय ४ ले तेस्रो किस्ताका लागि निवेदन दिएकामा ५ हजार चार सय ८६ ले तेस्रो र ४० हजार तीन सय ५० को दोस्रो किस्ता प्रमाणीकरण भएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);