भूकम्प पीडितका लागि दोस्रो किस्ता लिने समय सीमा थप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भूकम्प पीडितका लागि दोस्रो किस्ता लिने समय सीमा थप

सरकारले भूकम्पपीडितका लागि दोस्रो किस्ता लिने समय सीमा थप गरेको छ । यसअघि चैत मसान्तसम्ममा राहतको दोस्रो किस्ता लिइसक्नुपर्ने मिति थप गरेको चालू वर्षको आषाढ मसान्तसम्म लाई थपेको हो ।

bhukampa pidit

काठमाडौं, २१ चैत । सरकारले भूकम्पपीडितका लागि दोस्रो किस्ता लिने समय सीमा थप गरेको छ । यसअघि चैत मसान्तसम्ममा राहतको दोस्रो किस्ता लिइसक्नुपर्ने मिति थप गरेको चालू वर्षको आषाढ मसान्तसम्म लाई थपेको हो ।

मंगलबार बिहान प्रधानमन्त्रीकोे अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पुनर्निर्माणमा ढिलाइ भइरहेकाले किस्ता लिने समयसीमा तीन महिना थप गर्ने निर्णय गरेको हो । बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भूकम्प पीडितका एक लाख १४ घर बनिसकेको र ३ लाख ९० हजार घरहरु निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए ।
अहिलेकै गतिमा निर्माण प्रक्रिया जारी रहेमा आगामी असारसम्म ४ लाख ५० हजार घर निर्माण गर्ने लक्ष्य पूरा हुने उनले दाबी गरे । कार्यविधिलाई संशोधन गरेर अनुदान वितरण प्रक्रियालाई सहज बनाउने निर्णयसमेत गरिएको छ । त्यसैगरी बैठकले निजी आवास पुनर्निर्माणलाई उच्च प्राथमिकता दिएको छ भने त्यसपछि क्रमशः स्वास्थ्य संस्था, शैक्षिक संस्था र अन्य पुनर्निर्माणलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले जिल्ला तहमा रहेका पुनर्निर्माण प्राधिकरण कार्यालय स्थानीय तहको मातहत रहने पनि निर्णय गरेको छ । ती कार्यालयहरु तीनवटा एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, भवन र शिक्षा को रुपमा रहनेछन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);