रुट इजाजत लिन अन्य व्यवसायीलाई यातायात व्यवस्था विभागको आह्वान | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

रुट इजाजत लिन अन्य व्यवसायीलाई यातायात व्यवस्था विभागको आह्वान

yatayat bivag

काठमाडौं, २१ चैत । कोटेश्वर पूर्वका १० वटा यातायात समिति आन्दोलनमा उत्रिएपछि यातायात व्यवस्था विभागले अन्य व्यवसायीलाई रुट इजातको लागि आह्वान गरेको छ ।

कोटश्वर पूर्व अरनीको राजमार्गमा बस सञ्चालन गरिरहेका व्यवसायीले एकाधिकारको माग गर्दै सेवा बन्द गरेपछि यातायात व्यवस्था विभागले अन्य व्यवसायीलाई धुलिखेलसम्मको रुट इजाजत लिनका लागि आह्वान गरेको हो । विभागले यातायात सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन व्यवसायीहरुलाई सचेतसमेत गराएको छ ।

मयूर यातायातलाई काठमाडौं–बनेपा रुटमा बस चलाउने अनुमति दिएपछि यस रुट भएर चल्ने यातायात समितिहरुले ग्रामिण र शहरी दुबै क्षेत्रमा बस नचलाउने चेतावनी दिएका हुन । विभागले रुट इजाजत लिने तर सेवा नदिने त्यस्ता यातायात व्यवसायीहरुको रुट इजाजत नै खारेज गर्ने चेतावनीसमेत दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);