भक्तपुरमा आजबाट साझाँ यातायात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भक्तपुरमा आजबाट साझाँ यातायात

कमल न्यौपाने
भक्तपुर १० जेठ । साझा यातायातले आजबाट भक्तपुरसम्म आफ्नो बस सेवा विस्तार गरेको छ । साझाका २० वटा बसलाई आजबाट भक्तपुरको नयाँ बाटोमा चलाउन सुरु गरेके छ । अब स्वयम्भुबाट सीतापाइला, कलंकी, रवीभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, सहीदगेट, थापाथली, माइतिघर, बबरमहल, नयाँबानेश्वर,

भक्तपुरमा आजबाट साझाँ यातायात

कमल न्यौपाने भक्तपुर १० जेठ ।

साझा यातायातले आजबाट भक्तपुरसम्म आफ्नो बस सेवा विस्तार गरेको छ । साझाका २० वटा बसलाई आजबाट भक्तपुरको नयाँ बाटोमा चलाउन सुरु गरेके छ । अब स्वयम्भुबाट सीतापाइला, कलंकी, रवीभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, रत्नपार्क, सहीदगेट, थापाथली, माइतिघर, बबरमहल, नयाँबानेश्वर, मीनभवनहुँदै कोटेश्वरसम्म चल्ने सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यविनायक चोकसम्म आउने साझा यातायातले जानकारी दिएको छ । कोटेश्वरबाट जडिबुटी लोकन्थली, कैशलटार, गठ्ठाघर, ठिमी, सल्लाघारी हुँदै सुर्यविनायकसम्म आजबाट बस सेवा विस्तार भएको छ ।

 

सूर्य्विनायकबाट सोही रुट हुँदै फर्किने बस माइतिघरबाट सिंहदरबार, पुतलीसडक, कमलादी, घण्टाघर, पुरानो बसपार्क, सहीद गेट, त्रिपुरेश्वर, कलंकी हुँदै स्वयम्भु नै फर्किनेछ । साझाले कोटेश्वरबाट सानोठिमी, पुरानोठिमी, भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेको थियो । तर, यो रुटमा भने साझाले अनुमति पाएन । नयाँ बाटो र पुरानो बाटोमा बस सेवा विस्तारका लागि गत चैतको सुरुवातमै भक्तपुरसम्म रुट इजाजत माग्दै साझाले यातायात ब्यवस्था विभागको साना ठूला सवारी कार्यालयमा आवेदन दर्ता गरेको थियो । यातायात ब्यवस्था विभाग साना ठूला सवारी कार्यालयले २० वटा बस भक्तपुरको नयाँ बाटोमा चल्न पाउने गरी अनुमति दिएको हो ।

 

यातायात ब्यवसायीको विरोधका बीच विभागले नयाँ बाटोमा साझाका बस गुडाउने निर्णय गरेको हो । तर, पुरानो बाटोमा रुट इजाजत दिनेबारेमा अध्ययन भइरहेको विभागले जनाएको छ । ब्यवसायीले साझालाई भक्तपुरमा प्रवेशको अनुमति दिए आन्दोलन गर्ने चेतावनी दिएका थिए । साझा बसले सेवा थालेपछि आफ्नो एकाधिकार तोडिने डरले ब्यवसायीहरु अत्ताल्लिएर विभागसमक्ष साझाको रुट इजाजत प्रक्रिया रोक्न माग गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);