दशैँका दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा रुट (तालिकासहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दशैँका दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा रुट (तालिकासहित)

काठमाडौं, १० असोज। विजयादशमीका दिन (असोज १४ गते) नेपाली सेनाले काठमाडौं उपत्यकामा गैरसैनिक प्रयोजनका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। टिकाका दिन उपत्यकामा सार्वजनिक सवारी साधन कम सञ्चालन हुने भएकाले सेनाले सर्वसाधारणका लागि बस चलाउने भएको हो।

दशैँका दिन सेनाले उपत्यकाका आठ वटा रुटमा यातायात सुविधा उपलब्ध गराइन लागेको हो। बिहान साढे ६ र ११ तथा अपरान्ह चार बजे भद्रकालीबाट निःशुल्क बस छुट्ने सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ। यसैगरी दशैंको विदामा घर जाने सैनिक र उनीहरुका आश्रित परिवारका लागि पनि सेनाले बस सेवा सञ्चालन गरिरहेको छ।

 

दशैँका दिन उपत्यकामा चल्ने सेनाका बस

रुट नं. १- भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

रुट नं. २- भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।

रुट नं. ३- भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथली ।

रुट नं. ४- भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

रुट नं. ५- भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहीदगेट ।

रुट नं. ६- भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

रुट नं. ७ – भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।

रुट नं. ८- भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);