उपत्यकाभरी सशस्त्र प्रहरीले निःशुल्क बस चलाउने | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

उपत्यकाभरी सशस्त्र प्रहरीले निःशुल्क बस चलाउने

nisulka bus sewa

काठमाडौं, ३० असोज । सशस्त्र प्रहरी बल नेपालद्वारा बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा निःशुल्क बस चलाउने भएको छ।
बडादशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा पुर्‍याउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालद्वारा निःशुल्क बस संचालन गर्न लागिएको हो। काठमाडौं उपत्यकाभित्र सशस्त्र प्रहरी बल नेपालको निःशुल्क बस सेवाको एउटा रुट कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माईतिघर, बानेश्वर, कोटेश्वर, ठिमी हुँदै सूर्यविनायक पुगी पुनः सोही रुटबाट कलंकीसम्म फिर्ता हुनेछ।
यसैगरी अर्को रुटमा लगनखेल, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, जमल, लैनचौर, नारायणगोपालचोक, बाँसबारीहुँदै बुढानिलकण्ठसम्म पुग्नेछ भने सोही रूट हुँदै लगनखेलसम्म पुग्नेछ ।

यसैगरी सशस्त्र प्रहरी बलको अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर कलंकीहुँदै बल्खु, सातदोबाटो, कोटेश्वर, गौशाला, चावहिल, सामाखुशी, बालाजुहुँदै चक्रपथ परिक्रमा गर्नेछ भने अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर बालाजुहुँदै सामाखुशी, चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी भएर चक्रपथ परिक्रमा गर्नेछ।
सशस्त्र प्रहरी बल नेपालले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस बडादशैंको विदा अवधिभर बिहान ८ बजेदेखि बेलुका ६ बजे सम्म सञ्चालन हुनेछ । सशस्त्र प्रहरी बल नेपालले बडादशैंको अवसरमा यात्रुहरुलाई सहजता होस भन्ने अभिप्रायले आफूसँग रहेका ४ वटा बस सञ्चालनमा ल्याएको हो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);