काठमाडौं उपत्यकामा भोलि सशस्त्रको निःशुल्क बस सेवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं उपत्यकामा भोलि सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौं,६ कात्तिक । सशस्त्र प्रहरीले विजया दशमीको अवसरमा दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा दिने भएको छ । प्रहरीले टिकाको दिन मंगलबार उपत्यकामा निःशुल्क बस सेवा दिने भएको हो ।

सशस्त्रले दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा निःशुल्क सेवा दिने जनाएको छ ।

सशस्त्रका अनुसार दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजे गरी दुई चरण्मा निःशुल्क बस सञ्चालन हुनेछन् ।

बा१ग २५९१ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुदै पुनस्नक्शालसम्म निस्शुल्क सेवा दिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);