तलेजु भवानीको मन्दिरमा दशनार्थीको भिड | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

तलेजु भवानीको मन्दिरमा दशनार्थीको भिड

काठमाडौं, ६ कात्तिक । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन खुल्ला भएको छ ।

तलेजु भवानीको मन्दिर महानवमीमा मात्र खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलि दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले आइतबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको छ ।

तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);