तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि बन्द

काठमाडौं, ९ कार्तिक । यस वर्ष तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएन ।

काठमाडौंको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको भन्दिर कोरोना संक्रमण जोखिम कै कारण सर्वसाधारणका लागि खुल्ला नगरिएको हो । यो मन्दिर प्रत्येक वर्ष अश्विन शुक्ल नवमी अर्थात महानवमीका दिन मात्र खुल्ने परम्परा छ ।

बडा दशैंको नवमीको दिन मात्रै खुल्ने भएकाले आजको दिन दर्शनार्थीहरुको भिड लाग्ने गर्छ । यस अघिका वर्षहरुमा नवमीका दिन दर्शनार्थीहरुले राति देखि नै लाइन बसी दर्शन गर्दै आएका थिए । तर कोभिड संक्रमणको जोखिमका कारण यस वर्ष भवानीको नित्य पूजा भएपनि सर्वसाधारणका लागि खुल्ला नगरिएको हो ।

नेपाल सरकारले पनि औपचारीक सूचना जारी गरी कुनैपनि शक्तिपीठ तथा मठमन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोग लगाएको छ । तलेजु मन्दिरमा पूजाआजा गर्न सर्वसाधारणलाई रोक लगाइएपनि भक्तालुहरुले भने बन्द मन्दिरको मुल ढकोकामा पूजा गरिरहेको भेटियो ।

परम्परा र आस्थालाई संक्रमणको जोखिमले रोक्न सकेन । मनोकांक्षा, भाकल पुरा हुने विश्वासमा तलेजु भवानीलाई पूजागर्ने चलन छ । नेपाल भरी भएका देवी शक्ति मन्दिरहरुमध्ये तान्त्रिक विधिअनुसार पूजा हुने केही मन्दिरमा तलेजु भवानी पर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);