तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला,बिहानैदेखि भक्तजनको घुइँचो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला,बिहानैदेखि भक्तजनको घुइँचो

taleju bhabani

काठमाडौँ, २० असोज । राजधानीमा रहेको बर्षको एकपटक मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला,बिहानैदेखि भक्तजनको घुइँचो ।

राजधानीको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर सोमवार सर्वसाधारणका लागि खुला गरिएको छ ।
तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । तलेजु मन्दिरमा अरु ३ सय ६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ ।प्यागोडा शैलीको प्राचीन मन्दिर वर्षमा एक पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्ने गर्छन् । मन्दिरमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब, रेडक्रस, स्काउट आदिले भक्तजनको लाइनदेखि अन्य व्यवस्थापन गरेका छन् ।

मल्ल राजाहरूको इष्टदेवीका रुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएको इतिहासमा उल्लेख छ । सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी र राजाले क्षमा माग्दै रोइकराई गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती छ ।

हनुमान ढोका क्षेत्रमा रहेको मन्दिरका साथैै कीर्तिपुर, फर्पिङ, साँखु, भक्तपुरको ठिमी,ललितपुरको चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा आराधना गरिन्छ । राजा रत्न मल्लले सबैभन्दा पहिले भवानीको मन्दिर बनाएको भए पनि पछि विसं १६२० मा महिन्द्र मल्लले अहिलेको यो मन्दिर बनाएका हुन् ।

तलेजु भवानीको मन्दिरमा दर्शन गरे रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख–समृद्धि मिल्ने जनविश्वास छ । विसं.२०७२ सालको विनासकारी भूकम्पपछि तलेजु भवानी मन्दिर वरपर क्षति पुगे पनि पुनःनिर्माण भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);