दशैँको समयमा लोप हुदै पिङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

दशैँको समयमा लोप हुदै पिङ

swing

पाल्पा, २० असोज ।  पछिल्लो समय युवा पुस्ता माझ दशैँभन्ने वित्तिकै मिठो खाने, राम्रो लगाउने, मान्यजनको हातबाट टिका लगाउने अनि लामो विदा पाइने भएकाले घुम्न जाने पर्व बनेको छ । तर दशैँको धार्मिक तथा सांस्कृतिक महत्व भने युवा पुस्ता माझ लोप हुन थालेको छ । दशैँ लिङ्गे पिङ खेल्ने पर्व पनि हो । तर पछिल्लो समयमा परम्परागत लिङ्गे पिङ चर्खे पिङ क्रमिक रुपमा हराँउदै गएको छ ।

गाउँबस्तीका टोलटोलमा अग्ला रुखमा खरबाट निर्मित पिङ राख्ने चलनलाई आधुनिताको विकास हुनु,त्यस्ता पिङ बनाउने पाका ब्यक्तिको अभावमा परम्परा र संस्कृति समेत हराउँदै गएका छन् । काठैकाठबाट निर्मित एकपटकमा एकजना भन्दा बढी खेल्न सकिने चर्खे पिङ पनि ग्रामिण क्षेत्रमा समेत लोप नै हुने अवस्थामा पुगेको छ । पाल्पा पनि परम्परागत लिङ्गे पिङ तथा चर्खे पिङ हराउँदै गएको छ । तर परम्परा र संस्कृतिको जर्गेना गर्ने उद्धेश्यले केही ठाउँमा भने बाँसको लिङ्गे पिङ राखेर निरन्तरता दिईएको छ । हिन्दु धर्मलम्बीहरुको मुख्य पर्वमा पिङको महत्व बढी भएको रिब्दीकोटका स्थानीयवासी ऋषि अर्यालले बताउनुभयो ।

दशैँको समयमा ग्रामिण क्षेत्रहरु पिङ मच्चाईसंगै चाचा हुइँले घन्किने गर्दथ्यो । बालबालिका देखि बृद्धबृद्धा उमेर समूहकाहरु समुहसमुहमा पिङमा मच्चिन जाने चलन अहिले हराउँदै गएको छ । दशैँको समयमा एकचोटी भएपनि भुँई छोड्नु पर्ने मान्यता अनुसार पिङ खेल्ने चलन रहेको विश्वास गरिन्छ । तर मनोरञ्जनका साधनको रुपमा पनि लिन सकिने भएकोले यसको महत्व बढी भएको रिब्दीकोट ४ का वडा अध्यक्ष दुर्गा प्रसाद खनालले बताउनुभयो ।

पिङ मनोरञ्जनको प्रयोजनले खेलिने भएपनि यो हाम्रो मौलिकता तथा संस्कृतिसंग पनि जोडिएको छ । शहरी क्षेत्रमा मात्र नभई पछिल्लो समय ग्रामिण क्षेत्रमा समेत हराँउदै गएको छ । मानिसहरुको व्यस्त जिवनशैली अनि दशैँ मनाउने नयाँ प्रचलनहरुले गर्दा मौलिक लिङ्गे पिङ विस्थापन हुन थालेको हो । यसको संरक्षणका लागि स्थानीय सरकार लगायत स्थानीय सघं संस्थाहरु पनि लाग्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);