दशैंमा खेलिने पिङको धार्मिक, सांस्कृतिक, सामाजिक मान्यता के के रहेका छन् त ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अप्सरा गौतम, काठमाडौं, ११ असोज । नेपालीहरुको महान् चाड बडादशैंको रमझम चलिरहेको छ । दशैं पर्वका बेला मिठो खाने र राम्रो लगाउने चलन रहिआएको छ । यो सँगै दशैंमा पिङ खेल्ने चलन पनि रहेको छ । वर्षमा एक पटक धर्ती नटेक्नु भन्ने मान्यताका कारण दशैंमा पिङ एक पटक भएपनि खेल्नुपर्ने मान्यता रहिआएको छ । दशैंमा खेलिने पिङको धार्मिक, सांस्कृतिक, सामाजिक मान्यता के के रहेका छन् त ?

दशैं मनोरम मौसमको बेला हो । दशैंमा मिठो मसिनो खाने र रमाइलो गर्ने प्रचलन रहिआएको छ । साथै पिङ खेल्ने प्रचलन छ । दशैको पिङमा सबै जातजाति अटाउछन्, भेदभाव–छुवाछुत चल्दैन । जागिर, व्यापार वा पढाइले र्गदा काठमाडौंमा बस्ने अरु जिल्लाका मानिसहरु दशैमा घर र्फर्कंदा पिङ खेल्ने रहरलाई बलियो संग सगालेर जानेगरेका छन् । मनसुने बादल नीलो आकाशमा फाट्दै–फाट्दै कपासझै फुर–फुर उडेको देखिन्छ । सरर चल्ने चिसो हावासंगै जमिनका मानिसहरुको उड्ने रहर बोकेर चङ्गाहरु आकासिंदै माथि–माथि पुग्छन् । मानिसको आकासिने रहर पिङ बनेर मच्चिने बेला पनि हो यो । दशैको बेला भुइँ छोड्नुर्पछ, पिङ खेल्नुर्पछ भन्ने पुरानो भनाइ नै छ । काठमाडौं उपत्यकाका काठ र त्यसबाहिर मात्र होइन, शहरकै टोलटोलमा पनि बासका पिङ हालेर युवायुवतीहरु मच्ची–मच्ची चच है † चच है † मा मनको उमङ्ग उडाउदै रमाउने र्गछन् ।

दशैमा हालिने पिङ सामान्यतया बासको लिङ्गे–पिङ हुने र्गछ । कुनै–कुनै गाउमा काठको रोटे–पिङ थाप्ने चलन भए पनि सजिलोका कारण लिङ्गे–पिङ नै हाल्नेगरेको पाइैन्छ । नेपालमा धेरै प्रकारका बाँस पाइन्छन । पिङको लागि मलबाँस रुचाइन्छ । १५ सय मिटरसम्म उँचाइका गाँउ वस्ती र वनमा पाइने यो बाँस ८ देखि १२ मिटर अग्लो हुन्छ । जन्मदेखि मृत्युसम्म बाँसका अनेक प्रयोग छन जसमध्ये एउटा हो– दशैको पिङ । मानिसहरु पिङको प्रविधिसँग जङ्गली अवस्थादेखि नै अभ्यस्त भएकोले यस विज्ञानभित्रको मनोविज्ञान जानी नसक्नु हुन्छ । पिङ खेल्दा अनुभव हुने आनन्द बेग्लै खालको हुन्छ । पिङ खेल्नु, झुला झुल्नु मानिसको अन्तःप्रेरणाको अभिन्न अङ्ग पनि हो ।

दशैको बेला खदिलो भोजन र मासुका परिकारले अघाएका मानिसहरु खाना पचाउन पनि पिङ खेल्ने र्गदछन । शारीरिक व्यायामको दृष्टीले पिङ कति उपयोगी छ, त्यो अनुभवबाटै थाहा हुने कुरा हो । मज्जाले पिङ खेलेको भेलिपल्ट हात–खुट्टा र जीउका मांसपेशीमा एक प्रकारको पीडा र आनन्द अनुभव नर्गने कमै होलान । मानसिक दृष्टीले पिङ खेल्दा प्राप्त हुने आनन्द बेग्लै हुन्छ । आफ्नै गाउँ आफनै परिवार र आफनै परिवेस मा पिङ खेल्ने अवसर नगुमाऔ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);