चैते दशैं पर्व आज, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाईदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चैते दशैं पर्व आज, नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाईदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाईदै छ ।

वर्षमा असार, पौष असोज र चैत्र गरी चार नवरात्र पर्ने गर्दछन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा नरहे पनि असोज र चैत्रमा पर्ने नवरात्रमा भने शक्ति स्वरुपा देवीको आराधना गरी मनाईने प्रचलन रहेको छ ।

आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखि बडादशैंमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । चैते दशैंमा भने त्यो परम्परा धेरै परिवारमा छैन ।

हनुमानढोकाको दशैं घरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ ।

अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।

उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवी लगायत पीठमा चैते दशैंका अवसरमा विशेष पूजा गर्न दर्शनार्थीको भिड लाग्ने गर्दछ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवी लगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ ।

चैत्र नवरात्र समेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तर कोरोनाका संक्रमणका कारण शक्तिपीठहरुमा दर्शनार्थीको भने उल्लेख्य सहभागिता छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);