बडा दशैं अन्तरगतको आज दोस्रो दिनः ब्रह्मचारिणी स्वरुपमा भगवतीको पूजा उपासना गरिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बडा दशैं अन्तरगतको आज दोस्रो दिनः ब्रह्मचारिणी स्वरुपमा भगवतीको पूजा उपासना गरिदैं

काठमाडौं, २ कार्तिक । आज आश्विन शुक्ल पक्षको द्धितिया तिथि नेपालीहरुको महान चाड बडा दशैं अन्र्तगतको आज दोस्रो दिन नवदुर्गा भगवतीलाई आज ब्रह्मचारिणी स्वरुपमा पूजा उपासनागरि मनाईंदै छ ।

नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका बेग्ला बेगलै स्वरूपको आराधना गर्ने परम्परा छ । यसरी बडादशैँको दोस्रो दिन भगवती दुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणीको आराधना गरिँदैछ ।

तपस्यामा लीन हुने भएकाले यिनलाई ब्रह्मचारिणी भनिएको हो । कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु रहेको छ। श्वेत बस्त्र धाचरण गर्ने भगवती ब्रह्मचारिणी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन् ।

कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ । बिशेषगरि आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ। नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने चलन छ । ब्रह्मचारिणी का अर्थ तप की चारिणी यानी तपको आचरण गर्नेे वाली यि देवीको रूप पूर्ण ज्योतिर्मय एवं अत्यंत भव्य रहेको छ ।

पूर्वजन्ममा यी देवीले हिमालयको घरमा पुत्री रूपको जन्म लिएको तथ्य छ । नारदजीको उपदेशले भगवान शंकर पति रूपमा प्राप्त गर्न घोर तपस्या गर्नुभएको शास्त्रहरुमा उल्लेख छ। त्यही कठिन तपस्याका कारण तपश्चारिणी अर्थात् ब्रह्मचारिणी नामले पुकार्न थालिएको हो । मां ब्रह्मचारिणी देवीको उपासनाले सर्व सिद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);