बडादशैंको दोस्रो दिन आज माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बडादशैंको दोस्रो दिन आज माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै

काठमाडौं, १३ असोज । नेपालीको महान चाड बडादशैंको दोस्रो दिन आज माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ । ब्रह्मचारिणी देवीलाई ब्रह्म विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ ।

यी देवीको उपासनाबाट मनुष्यहरुमा तप, त्याग र वैराग्य, सदाचार, संयमको समेत बृद्धि हुने धार्मिक मान्यता छ । ब्रह्मचारिणी देवीको ध्यान गर्नाले जीवनको कठिन परिस्थितिमा समेत मानिसहरुको मन कर्तव्यपथबाट विचलित हुनु नपर्ने विश्वास गरिन्छ ।

ब्रह्मचारिणी मातालाई पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा समेत चर्चा गरिएको छ । पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);