हनुमानढोका स्थित दशैं घरमा शुभ साइतमा घटस्थापना गरियो | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

हनुमानढोका स्थित दशैं घरमा शुभ साइतमा घटस्थापना गरियो

hanumandhoka ghatasthapana

काठमाडौं, १२ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व दशैं आइतबारदेखि सुरु भएको छ । बडादशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

यसै अवसरमा आईतबार काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा घ टस्थापना गरिएको छ । आईतबार बिहान दशैं घरका गुरु ईश्वरप्रसाद अधिकारीले श्री महकाली, श्री महालक्ष्मी र महाशक्ति स्वरुपा दूर्गा भवगतीको आराधनासहित जमरा रोपण गरी दशैं घरमा घटस्थापना गरिएको हो । घटस्थापनालाई दशैंको पहिलो दिनको रुपमा लिईन्छ । दशैघरमा आइतवार बिहान १० बजेर ३५ मिनेटको शुभसाईतमा घटस्थापना गरिएको हो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले तोप पड्काएर हर्ष बढाई गरेको थियो भने दशैं घरमा शंख, घण्टा र डमरु बजाएर दूर्गा भगवतीको पूजा, आराधना गरिएको थियो ।

दशैंको पहिलो दिन वैदिक विधिपूर्वक द्धीप, गणेश र कलशको पूजा गरी जौंको जमरा राख्ने गरिन्छ । यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरुपा दूर्गा भगवतीको पूजाआराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दूर्गा भगवतीको प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ । जौंलाई औषधीय गुणले युक्त मानिन्छ । यसलाई उमारेर बनाइएको जमराले पनि मानवलाई निरोधी रहन सघाउ पु¥याउने विश्वास रही आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);