कास्कीको निर्वाचन क्षेत्र नं.२ मा हुने उपनिर्वाचनको चर्चा र सरगर्मी सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कास्कीको निर्वाचन क्षेत्र नं.२ मा हुने उपनिर्वाचनको चर्चा र सरगर्मी सुरु

pokhara mahanagarpalika

अन्जान ज्ञवाली

पोखरा, १२ असोज । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको चर्चा परिचर्चा सुरु हुन थालेको छ । तीन वटै तहका रिक्त ५० स्थानमा हुन लागेको उपनिर्वाचन मध्ये कास्की जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा संघका लागि हुने उपनिर्वाचनको चर्चा र सरगर्मी सुरु भएको छ ।

पर्यटन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीको निधनपछि रिक्त बनेको यो निर्वाचन क्षेत्रमा कुुन राजनैतिक दलले कसलाई उम्मेदवार बनाउँदै छन् भन्ने आधिकारीक रुपमा उमेद्वार सार्वजनिक नगरे पनि आन्तरिक तयारीले भने तिब्रता पाएको छ ।

निर्वाचन आयोग लगायत राजनीतिक पार्टीहरु निर्वाचनको तयारीमा जुटेको समयमा कास्की निर्वाचन क्षेत्र नं २ को निर्वाचनलाई नेपाली कंग्रेसले वर्तमान सरकारको मुल्यांकनको रुपमा लिएको छ । नेपाली कांग्रेसले यो निर्वाचनमा हार र जितलाई सरकार परिवर्तन भन्दा पनि कसरी लोकतन्त्र बलियो बनाउने तर्फ जनताको मत आफु तिर आकर्षित गर्ने भन्ने तर्फ केन्द्रित गर्ने बताएको छ । सरकारको एकाधिकारवादी शैलीका विरुद्ध आवाज लिएर मतदाता माझ जाने कांग्रेसको प्रयास छ ।

सत्तारुढ दल नेकपाले भने यो निर्वाचन क्षेत्रलाई स्वर्गीय रविन्द्र अधिकारीको अधुरो सपना पुरा गर्ने र समृद्धि र विकासको नारालाई अगाडी सार्दै आफ्ना अभियानहरु संचालन गर्न सुरु गरेको छ । स्वर्गीय अधिकारीले यो क्षेत्रमा गरेका विकास निर्माण लगायतका काम र उहाँप्रतिको साँचो श्रद्धाञ्जली पनि जनताले मतद्धारा व्यक्त गर्दै नेकपाका उम्मेदवारलाई नै जिताउने नेकपाको विश्वास छ ।

पोखरा महानगरपालिकाका ११ वडा रहेको यो निर्वाचन क्षेत्रमा ७२ हजार २ सय ७८ मतदाता, ३२ मतदान स्थल र ८२ मतदान केन्द्र रहेका छन् । निर्वाचनलाई स्वच्छ निष्पक्ष र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न निर्वाचन कार्यालय कास्कीले तयारी थालेको जनाएको छ ।

राजनैतिक वृतमा विभिन्न व्यक्ति तथा पार्टीको परिचर्चा भएपनि यो क्षेत्रको निर्वाचनमा प्रतिश्पर्धामा भने नेकपा र नेपाली कांग्रेस नै देखिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);