उपनिर्वाचन : कास्की क्षेत्र नं. २ मा सबैको चाँसो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

उपनिर्वाचन : कास्की क्षेत्र नं. २ मा सबैको चाँसो

कास्की, २० कात्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढेको छ । उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ सबैभन्दा चासोको रुपमा लिइएको क्षेत्र हो ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको कास्की क्षेत्र नं २ मा धेरैको चाँसो छ । उम्मेदवार घोषणा गरी सकेका राजनैतिक दलहरुले चुनावी प्रचार समेत शुरु गरिसकेका छन् ।

निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकेसंगै राजनीतिक दलहरुले उम्मेदवार चयन गर्ने, चुनावी प्रचारप्रसार गर्ने जस्ता गतिविधिहरु तिब्र बनाएका छन् ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्युपछि सो निर्वाचन क्षेत्र रिक्त भएको थियो । रिक्त स्थानमा नेकपाले रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । नेकपा उम्मेद्वार विद्या भट्टराईले स्वर्गीय रवीन्द्र अधिकारीको अपुरो कार्य योजनालाई आत्मासाथ गर्दै नयाँ कार्ययोजनाका साथ अघि बढ्ने बताउनु भएको छ ।

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले भने मनोनयन दर्ता गर्ने अघिल्लो दिन मात्र उम्मेद्वार चयन गरेको छ । कांग्रेसले पुराना नेता खेमराज पौडेललाई उम्मेद्वारका रुपमा अघि सारेको छ । तर पनि कांग्रेसले निर्वाचनलाई लक्षित गरेर आफ्नो तयारी भने गर्दै आएको छ ।

धर्म निरपेक्षताको विरोधमा उठ्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने रोम बहादुर भण्डारीलाई उम्मेद्वारका रुपमा अघि सारेको छ ।

त्यसैगरी कास्की क्षेत्र नं. २ मा समाजवादी पार्टीले धर्मराज गुरुङ्गलाई अघि सारेको छ भने साझा पार्टीले रजनी केसीलाई उम्मेद्वार बनाएको छ । नेपाली कांग्रेसबाट साझा पार्टीमा प्रवेश गर्नु भएका रजनी केसीले भ्रष्टाचार नियन्त्रणसंगै संविधान कार्यान्वयनलाई प्रमुख मुद्दा बनाएको बताउनु भयो ।

उम्मेद्वार सहित साझा पार्टीका संयोजक रवीन्द्र मिश्र आफै पनि प्रचारप्रसारका लागि सडकमा उत्रनु भएको छ । त्यसैगरी विवेकशील पार्टीले पनि महिलालाई नै उम्मेद्वारको दावेदारका रुपमा अघि सारेको छ । विवेकशील पार्टीले जमुना शर्मालाई उम्मेद्वार बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);