नेपालका जेल भित्र निरंकुशतन्त्र जस्तै अर्को सत्ता रहेको गृहमन्त्रीको खुलासा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालका जेल भित्र निरंकुशतन्त्र जस्तै अर्को सत्ता रहेको गृहमन्त्रीको खुलासा

काठमाडौं, २० कात्तिक । गृहमन्त्री राम बहादुर थापा बादलले नेपालका जेल भित्र निरंकुशतन्त्र जस्तै अर्को सत्ता रहेको खुलासा गर्नु भएको छ ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्रि थापाले नेपालको जेल भित्र छुट्टै सत्ता रहेको बताउनु भएको हो । समितिले केहि समय अघि नेपालका जेल तथा हिरासत कक्षको स्थलगत अनुगमन गरे पछि गृहमन्त्री गृहसचिव महान्यायधिवक्ता लगायतलाई छलफलको लागि बोलाएको थियो ।

समितिमा सांसद पम्फा भुसाल र डिला संग्रौलाले जेलको कडा सुरक्षाको घेरा भित्र पनि अर्को सत्ता रहेको भन्दै मन्त्रि सँग वास्तविकता केहो भनेर जवाफ मागे पछि गृहमन्त्रि थापाले नेपालका जेलभित्र निरंकुश सत्ता रहेको स्विकार्नु भएको हो ।

सांसदहरुले जेल भित्रका नाइके, भाइ नाइके जस्ता कैदीले अलग्गै सत्ता चलाएको र जेलको सुरक्षामा खटिने प्रहरी समेत निरिह बनेको बताउनु भएको थियो । सांसदको जिज्ञाशामा मन्त्रि थापाले जेल भित्रको आन्तरिक प्रसाशनलाई लोकतान्त्रिक बनाउन सरकारले प्रयास थालेको बताउनु भयो ।

राज्य ब्यबस्था तथा सुशासन समितिले सभापति शशि श्रेष्ठको नेतृत्वमा देश भित्रका प्रमुख जेल तथा बन्दि गृह र हिरासत कक्षको स्थलगत अनुगमन गरेको थियो । समितिले अनुगमन पछि नेपाल सरकारलाई जेल तथा बन्दि गृह र हिरासत कक्षको सुधारको लागि विभिन्न २८ बुँदामा निर्देशन दिने तयारी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);